
काठमाडौं २जेठ । नेपालका उदीयमान र चर्चित क्रिकेट खेलाडी सन्दिप लामिछाने अन्तराष्ट्रिय क्रिकेट काउन्सिलको टि-२० विश्व ११मा छनौट भएका छन्।
वेष्टईण्डिज बिरुद्ध लर्ड्समा खेलिने टि-२० अन्तराष्ट्रीय क्रिकेट खेलमा सन्दिप टोलीमा परेका हुन्।
भारतमा जारी रहेको टि(२० क्रिकेट आईपीएलमा दिल्ली डेयरडेविल्सबाट खेलिरहेका १७ बर्षीय सन्दीले पहिलो खेलमा एक विकेट लिएर विश्वको ध्यान आकर्षित गरेका थिए।
कान्छो उमेरका आइपीएल क्रिकेटर सन्दीपको प्रशंसा विश्वभरीका क्रिकेटप्रेमी र खेलप्रेमी मिडियाहरुले गरेका छन्।
यही मे ३१मा लर्ड्समा खेलिने खेलका लागि सन्दिप छानिएका हुन्।
वेष्टईन्डिजमा गत बर्ष आएको आँधीले ध्वस्त पारेको क्रिेकट स्टेडियमको सहयोगार्थ उक्त प्रतियोगिता खेलिन लागेको आईसीसीले जनाएको छ।
आगामी अगढट ८ देखि सेप्टेम्बर १६ सम्म हुने क्यारेवियन प्रिमियर लिगमा पनि सन्दीप छानिएका छन् ।
ईयोन मोर्गनको कप्तानीमा नेपाली क्रिकेटका उदीयमान खेलाडी सन्दीप सहित शाहिद आफ्रिदी, दिनेश कार्तिक, रशीद खान, सोहेब मलिक, हार्दिक पाण्ड्या, थिसारा परेरा, लुक रोन्ची, मिचेल मकक्लेघान र तमिम ईकबाल रहने छन् ।
वेष्ईण्डिजबाट स्यामुअल बद्री, कार्लोस ब्राथवेट, क्रिस गेल, मार्लोन स्यामुएल्स, आन्द्रे रसेल लगायतका खेलाडी रहनेछन्।
आईसीसी(११मा पर्दा आफूलाई वेहद खुसी लागेको सन्दीपले बताएका छन्। उनले आइसीसीलाई यो नेपाल र नेपाली क्रिेकटका प्रशंसकहरुकालागि गर्वको कुरा भएको बताएका छन्।