Prakash Adhikari July 26, 2024

 

काठमाडौं, ११ श्रावण । पूँजी बजार,निर्माण व्यवसाय र घरजग्गा व्यवसायलाई गतिदिने र उद्यमशीलतालाई प्रवर्द्धन गर्ने गरी आर्थिक बर्ष २०१८।८२ का मौद्रिक नीति जारी भएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको नवनिर्मित भवनबाट आज अपरान्ह सार्वजनिक गर्नुभएको मौद्रिक नीतिमा निर्माण व्यवसायहरूलाई कर्जा सूचनासम्बन्धी अर्को व्यवस्था नभएसम्मको लागि चेक अनादर भएको आधारमा मात्र कालोसूचीमा समावेश नगर्ने,निर्माण व्यवसायको लागि लिइने बैंकिङ सुविधा तथा कर्जाहरूमध्ये वासलात बाहिरको सुविधा उपयोग गर्दा क्रेडिट रेटिङ्ग गर्नुपर्ने व्यवस्थाको सीमा सम्बन्धमा छुट्टै व्यवस्था गर्ने,निर्माण व्यवसायीहरूको जमानतहरू दावी भई सृजना भएको कर्जामा आर्थिक वर्ष २०८१/८२ का लागि ऋण सृजना भएको मितिबाट अन्य कर्जा सरह कर्जा वर्गीकरण र कर्जा नोक्सानी व्यवस्था कायम गर्ने,ज्वाइन्ट भेन्चर (जेभी) मा संलग्न कुनै पनि जेभी पार्टनर कालोसूचीमा परेको कारण अन्य जेभी पार्टनरको बैंकिङ काम कारवाहीमा असर नपर्ने व्यवस्था मिलाइने,नेपाल सरकारबाट निर्माण कार्यको म्याद नवीकरण भएमा बैंक तथा वित्तीय संस्थाबाट प्रदान भएको जमानत समेत नवीकरण हुनसक्ने व्यवस्था मिलाइने लगायतका थुप्रै व्यवस्थाहरु गरिएका छन् ।

आज जारी भएको मौद्रिक नीतिको पूर्णपाठ यसप्रकार छः

 

https://drive.google.com/file/d/1GZuVUYMR_UAQ8vIC6Ag3tLrErfdl7ujf/view?pli=1

Share Now