Prakash Adhikari September 1, 2022

 

काठमाडौं, १६ भाद्र। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले दोस्रो दिनको बयान सकेको छ ।

विहान ११ः३०बजे सुरुभएको बयान झण्डै २ घण्टा चलेर सकिएको छ । आज निलम्बित प्रधानन्यायाधीशलाई जम्मा दुई वटा प्रश्न मात्र सोधिएको छ ।

महाअभियोग सिफारिस समितिले ४४ वटा प्रश्न तयार पारेको छ, जसमध्ये आजसम्म ६ वटा प्रश्न सकिएको छ । अर्को बैठक १९ गतेलाई राखिएको छ ।

बुधबार पहिलो दिन विषय मात्र प्रवेश भएको र प्रश्न धेरै भएकाले जबरालाई बिहीबार ११ बजे पुनः बोलाइएको थियो।

आजको जवाफमा निलम्बित प्रधानन्यायाधी जबराले आफूमाथि लागेका आरोपबारे खण्डन गर्नुहुनेछ ।

राणाले बुधबारको बैठकमा भने आफूमाथि महाभियोग लाग्नुपर्नाका कारणबारे समितिसंग प्रश्न गर्नुभएको थियो। उहाँले करिब साढे ३ घण्टा लामो बयानका क्रममा सर्वोच्चकै परमादेशबाट बनेको सरकार पक्षीय सांसदहरुले महाअभियोग लगाएकोले आफू झसंग भएको बताउनुभएको थियो ।

उहाँले आफ्ना सहकर्मी न्यायाधीशहरुको नाम लिएर उनीहरुको चरित्रमा प्रश्न उठाउनुभयो ।

बयानको क्रममा प्रधानन्यायाधीश जबरा आफू विघटनको पक्षमा रहेको तर बहुमत न्यायाधीशहरु विपक्षमा रहेकोले बाध्य भएर प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक भएको ठहर गरिएको बताउनुभएको छ ।

उहाँले नामै लिएर सहकर्मी न्यायाधीश कार्की र राउतको विरोध गर्नुभयो ।उहाँले न्यायाधीश हरिकृष्ण कार्कीमाथि दोहोरो भूमिका खेलेको आरोप लगाउनुभयो । कहिले इजलाशमा बस्ने कहिले नबस्ने गरेको कुराको पनि उहाँले विरोध गर्नुभयो । न्यायाधीश कार्की केपी शर्माले नियुक्त गरेको महान्यायाधिवक्ता भएकोले संसद विघटनको संवैधानिक इजलाशमा बस्नुभएन तर केपी ओलीजीले नियुक्त गरेका सबै मुद्दा भने हेर्नुभयो । निलम्बित प्रधानन्यायाधीश जबराले यस्ता द्वैध चरित्रका व्यक्तिहरु बारबाट आएर बारसँग मिलेर षडयन्त्र गरेर न्यायपालिकालाई नेतृत्व विहिन बनाएको आरोप उहाँले लगाउनुभयो ।
उहाँले बारको आन्दोलनलाई सहकर्मी न्यायाधीश हरिकृष्ण र प्रकाशमान राउतले नेतृत्व गरेकोले यस्तो स्थिति सिर्जना भएको बताउनुभयो ।

 

्निलम्बित प्रधानन्यायाधीशले प्रतिनिधिसभा विघटनका बेलामा बारले उठाएको प्रश्नको पनि आलोचना गर्नुभयो । उहाँले बारलाई पहिलोपटक मात्रै नभएर दोस्रो विघटनको मुद्दामा पनि न्यायाधीशहरु बहस सुन्दासुन्दैको अवस्थामा प्रश्न उठाएर कोही बस्नुपर्छ र कोही बस्नुहुन्न भन्ने भनेर न्यायाधीश रोज्ने गलतपरम्पराको थालनी भएको पनि बताउनुभयो ।

दुईजना न्यायाधीशज्यूहरुले फलाना–फलाना बस्नुहुँदैन, उहाँहरु बस्ने हो भने हामी बस्दैनौं भन्नुभयो । बारलाई उठाउनुभयो, बारबाट पूर्णमान शाक्यजी आउनुभयो । पूर्णमानजीको विषयमा पनि मैले यो गरिमामय संसदमा जानकारी गराउनुपर्छ । उहाँले बरिष्ठको हिसाबले बेञ्च गठन भइदिए राम्रो हुन्थ्यो भन्ने कुरा उठाउनुभयो । मेरो विरुद्धमा महाभियोग आइसकेपछि म अहिले झसंग भएँ ।

्रमहाभियोगको सामना गरिरहनुभएका निलम्बित प्रधानन्यायाधीश राणाले
बारको दवावमा केही न्यायाधीशको राजनीतिक नियुक्ति हुनु र तिनै न्यायाधीशको अगुवाइमा बेञ्च बहिस्कार हुनु तथा अहिले प्रधानन्यायाधीशलाई कारवाही हुनुपर्ने अवस्था सिर्जना हुनुले बारको गतिविधि संदेहास्प्द रहेको बताउनुभयो । उहाँले प्रधानन्यायाधीश विरुद्ध न्यायाधीशले हड्ताल गर्न नमिल्ने बताउदै बार राजनीतिक दलको भ्रातृ संगठन हुन नसक्ने भएकोले तिनलाई कारवाही गर्नुपर्नेमा प्रधानन्यायाधीशलाई महाअभियोग लगाएकोमा पनि आश्चर्य व्यक्त गर्नुभयो ।

उहाँले न्यायाधीशको प्रकाशमानसिंह राउतको तीन गम्भीर गल्ति औल्याउदै भन्नुभयो मुद्दा हेर्दाहेर्दैमा राख्ने, अनि आफू बस्ने गरेको ठाउँ माथि बोलाएर मुद्दाको पक्षहरुलाई बार्गेनिङ गर्ने, मदिरा सेवन गर्ने र श्रीमतीलाई महिला हिंसा, सम्बन्धविच्छेद गर्न खोजेपछि आफूले राजिनामा दिन सुझाब दिएको प्रसंग पनि निलम्बित प्रधानन्यायाधीश जबराले उठाउनु भयो ।

उहाँले कामु प्रधानन्यायाधीश दीपक कार्की र वरिरष्ठ न्यायाधीश हरिकृष्ण कार्कीको निर्णय क्षमतामाा पनि प्रश्न उठाउनु भएको छ । उहाँले भन्नुभएको छ। बरिष्ठको हिसाबले मुद्दामा राख्यो, मुद्दाबाट पन्छिनुहुन्छ । मुद्दा हेर्दाहेर्दैमा महिनौं राख्नुहुन्छ, अनि पन्छिनुहुन्छ । हरेक पटक ।

उहाँले बरिष्ठ न्यायाधीश दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाइदिने प्रलोभन आफूविरुद्ध उचालिएको पनि बताउनुभयो ।

उहाँले माधव नेपालसहित नेकपा एमालेले संसदीय दलबाट निष्काशन गरेका १४ जना सांसदको मुद्दामा गठबन्धनको विरुद्ध निर्णय आउला भनेर महाभियोग ल्याएको हो आरोप पनि लगाउनुभयो ।

प्रधानन्यायाधीश राणाले विघटनका दुईटा मुद्दामा पत्रपत्रिकादेखि लिएर, सडकदेखि लिएर, न्याायधीशहरुदेखि लिएर, बारदेखि कब्जा गरेको आरोप पनि लगाउनुभयो ।

उहाँले मिडियाले खास मुद्दामा यी न्यायाधीश पक्षमा, यी–यी विपक्षमा भन्ने कुरा ल्याएपछि महाभियोगको प्रस्ताव अघि बढेको र न्यायालयमा मिडिया ट्रायल गरिएको आरोप पनि लगाउनुभएको थियो । उहाँले सबै पत्रपत्रिकामा आफूविरुद्धमा लेख्न लगाइयो, बारलाई विरुद्धमा लगाइएको अनि सहकर्मी न्यायाधीशलाई विपक्षमा उभिन लगाएर न्यायालयलाई कमजोर पार्दै प्रधानन्यायाधीशलाई विस्थापन गराउन खोजिएको पनि आरोप लगाउनुभयो ।

निलम्बित प्रधानन्यायाधीश जबराले चार पूर्वप्रधानन्यायाधीशहरुको बक्तव्य आएपछि न्यायाधीशहरु विभाजित भएको उल्लेख गर्दै सुशीलाजीको कार्यकाल पछाडि ११ जना न्यायाधीशको नियुक्ति बदर गर्न व्यापक पहल भएकोमा आफूले नउल्ट्याउन े राय दिएको पनि बताउनुभयो ।

निलम्बित प्रधानन्यायाधीश राणाले आफूलाई असहयोग गरेर बेञ्च बहिष्कार गर्ने सर्वोच्च अदालतका सबै न्यायाधीशलाई बोलाएर बयान गर्न पनि अनुरोध गर्नुभएको छ । उहाँले सम्पत्तिको मामिलामा आफ्नो विवरण न्यायपरिषद्बाट झिकाउन र आफन्त तथा नातेदारलाई यो विवादमा नमुछ्न पनि अनुरोध गर्नुभएको थियो ।

प्रतिनिधि सभाले साउन १५ मा राणाविरुद्धको महाअभियोगको प्रस्ताव समितिमा पठाउने निर्णय गरेको थियो।

सत्तारुढ गठबन्धनमा रहेका पाँच राजनीतिक दलले राणाविरुद्ध गएको फागुनमा २१ आरोपसहित महाअभियोग प्रस्ताव संसदमा दर्ता गराएका थिए।

राणाले मन्त्रिपरिषद र संवैधानिक नियुक्तिमा भागबण्डा खोजेको, कार्यकारीसँग सौदाबाजी गरेको, आर्थिक राजनीतिक मुद्दामा बेञ्च सेटिंग गरेको, भ्रष्टाचार गरेको जस्ता आरोप छन्।

 

Share Now

Leave a comment.