Prakash Adhikari September 16, 2024

काठमाडौँ, ३१ भदौ : सर्वोच्च अदालतले गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को आधिकारिकता विवादमा अहिलेसम्म भएका अदालतका आदेशको मिसिल झिकाउने आदेश गरेको गरेको छ ।

न्यायाधीश बालकृष्ण ढकालको इजलासले आज एनआरएनको महाधिवेशनका समबन्धमा अदालतबाट भएको आदेशसहितका मिसिल झिकाई अलोकनका लागि साथै दुवै पक्षलाई झिकाउन भनिएको छ ।

एनआरएनका राजेन्द्रकुमार शर्मा पक्षले दायर गरेको रिट निवेदनमा आफू आधिकारिक भएको दाबी गर्दै यही भदौ २६ गते रिट निवेदन दायर गराएका थिए ।

उक्त संस्थाको महाविधेवशनपछि पदाधिकारी विवादमा सर्वोच्च अदालतबाट यसअघि दुईवटा फैसला सुनाइ सकेको छ ।
–––

Share Now