Prakash Adhikari June 17, 2018

फाक्सिन्द (संखुवासभा), ३ असार । अरुण तेस्रो जलविद्युत आयोजनाको सुरुड.मा थुनिएका चारजना कामदारको ३९ घण्टापछि जीवितै उद्धार गरिएको छ ।

अरुण तेस्रो आयोजनाका एक अधिकृतले दिएको जानकारी अनुसार शुक्रबार आएको पहिरोले सुरुड.को मुख थुनिएपछि उनीहरु सम्पर्क विहिन भएका थिए ।

मजदूरहरु सुरुड.भित्र विष्फोटन गराई निस्केका ढुंगामाटो बाहिर निकाल्ने कार्यमा खटिएका थिए ।

मकालु गाँउ पालिकाको फाक्सिन्दमा पर्ने स्थानमा अहिले सुरुड. खन्ने काम भैरहेको छ ।

भारत सरकारको स्वामित्वमा रहेको सतलज जलविद्युत निगमले अरुण तेस्रो आयोजना निर्माण गरिएको छ ।
यसको जडित क्षमता ९०० मेगावाट रहेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गत बैशाख महिनामा भएको नेपाल भ्रमणका बखत यो आयोजना निर्माणको नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौंबाट संयुक्त रुपमा भिडियो सम्मेलनबाट शिलान्यास समारोहको उद्घाटन गरेका थिए ।

Share Now

Leave a comment.