Prakash Adhikari October 20, 2024

काठमाडौं, ४ कार्तिक । आईसीसी विश्वकप लिग २ अन्तरगत त्रिदेशीय श्रृखला खेल्न अमेरिकामा पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले तयारी स्वरुप खेलेको टी २० अन्तर्राष्ट्रिय श्रृखलाको दोस्रो खेल टस जितेर ब्याटिड.बाट आरम्भ गरेको छ ।

अमेरिकाको टेक्सासको ग्राण्ड प्रेरीस्थित क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले १४ औं ओभरको समाप्तिमा ३ विकेटको क्षतिमा १ सय १ रन जोडेको छ ।

नेपालले पहिलो विकेटका रुपमा ओपन आशिफ शेखलाई गुमाएको हो । उनी २.४ ओभरमा १ रन जोडेको अवस्थामा सौरभ नेत्रभाल्करको बलमा आउट हुन पुगे ।

नेपालले दोस्रो विकेटको रुपमा अनिल साहलाई ९.४ ओभरमा गुमायो । उनलाई नोस्थुस केन्जिगेले आउट गरे ।

नेपालले तेस्रो विकेटमा अनिल साहलाई गुमायो । उनी १२.३ ओभरमा १९ रन बनाएको अवस्थामा केन्जिगेको बलमा आउट भए ।

आजको खेल हेर्दा नेपालको बलिड. राम्रै देखिन्छ । नेपाल यो खेल पनि जितेर एक खेल अगावै अमेरिकाको टी २० श्रृखला आफ्नो पक्षमा पार्ने लक्ष्यमा रहेको छ ।

यस अगाडिको टी २० खेलमा ब्याटिङ र बलिङ दुवै पक्षमा सबल देखिएको नेपालले १७ रनको जित निकाल्दै ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।

तेस्रो तथा अन्तिम टी २० सोमवार बिहान रहेको छ । यो टी २० श्रृखालापछि अमेरिका ए सँग नेपालले ५० ओभरको अभ्यास खेल खेल्नेछ ।

कात्तिक ९ गतेबाट विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिज सुरु हुनेछ । त्रिकोणात्मक सिरिजमा घरेलु टोली अमेरिका, नेपाल र स्कटल्याण्डको सहभागिता रहनेछ ।

Share Now