काठमाडौं, १३ कार्तिक । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। यस दिन सुनको मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँले घट्दा चाँदीको मूल्य १०५ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको बजारमा सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, यस दिन चाँदी प्रतितोला ३ हजार ८ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ। बिहीबार चाँदी प्रतितोला ३ हजार ९ सय ३० रुपैयाँमा कारोबार भएको थियो।







