क्वाललम्पुर(मलेशिया), १ पौष । मलेसियामा जारी रहेको यु १९ महिला एसिया कपमा नेपालले टस हारेको छ ।
क्वालालम्पुरस्थित बायुमास ओभलमा पाकिस्तानकी कप्तानले टस जितेर नेपाललाई बलिङको निम्तो दिएकी हुन् ।
पहिलो पटक आयोजना भइरहेको यु १९ महिला एसिया कपमा नेपालले दोस्रो खेल भारतसँग मंगलवार खेल्नेछ।
पाकिस्तान पहिलो खेलमै भारतसँग पराजित भएकोले नेपालले आजको खेल जित्न सके नेपाल सुपर फोर मा प्रवेश गर्नेछ ।
पूजा महतोको कप्तानीमा रहेको नेपाली टोली उच्च मनोबलका साथ मलेसिया पुगेको छ ।
आईसीसी यू १९ महिला टी २० विश्वकप एसिया छनोटको विजेता बनेपछि नेपाल यू १९ विश्वकप र यू १९ एसिया कपमा छनोट भएको थियो ।
प्रतियोगिताको समूह ‘ए’ मा श्रीलंका, बंगलादेश र मलेसिया रहेका छन् ।
नेपाल रहेको समूह बी मा भारत र पाकिस्तान रहेका छन् ।
यु १९ महिला विश्व कप आगामी बर्षको जनवरीमा मलेसियामा नै आयोजना हुँदैछ ।
विश्व कपमा नेपाल अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डसँग समूह ‘डी’ मा रहेको छ ।


















