काठमाडौं,१५ कात्तिक । नेकपा एमालेले ६ नम्बर प्रदेशका दोस्रो चरणमा चुनाव हुने सबै जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेवारहरुको टुंगो लगाएको छ ।
उपाध्यक्ष बामदेव गौतम निवास भैैंसेपाटीमा बसेको एमाले स्थायी कमिटी बैठकले उम्मेदवार तय गरेको हो ।
एमालेका पोलिटव्यूरो सदस्य प्रकाश ज्वाला र यमलाल कडेल दुवैजना प्रदेशसभा सदस्यको उम्मेदवार बन्ने भएका छन् । यस क्षेत्रमा माओवादीबाट मुख्यमन्त्रीको दाबेदारका रुपमा महेन्द्रवहादुर शाही र नरेश भण्डारी चुनावी मैदानमा उत्रिएका छन् ।
सल्यानमा माओवादीले प्रतिनिधिसभा र एमालेले दुवै प्रदेशसभा पाएपछि एमाले नेता ज्वाला प्रदेश ख बाट उम्मेदवार बनेका छन् ।
सल्यानको प्रदेश क बाट केन्द्रीय सदस्य गुलाबजंग शाह प्रतिस्पर्धा गर्ने निश्चित भएको छ । संसदको अर्थ समितिका सभापति भइसकेका ज्वाला एमालेबाट ६ नम्बर प्रदेशका सम्भावित मुख्यमन्त्रीका दाबेदार हुन् ।
पार्टीको ६ नम्बर प्रदेश सहसंयोजक समेत रहेका अर्का नेता यमलाल कडेल पनि सुर्खेत २ को क बाट प्रदेशसभा उम्मेदवार बनेका छन् । उनले पनि आफूलाई भावी मुख्यमन्त्रीको रुपमा उभ्याउदैछन् ।
६ नम्बर प्रदेशमा एमालेले र माओवादीले प्रतिनिधिसभामा बराबरी सिट बाँडेका छन् । एमालेले सुर्खेत र दैलेखमा चार सिट सहित मुगु र डोल्पा गरि ६ सिट पाएको छ । त्यस्तै माओवादीले सल्यान,कालिकोट,जुम्ला,जाजरकोट,हुम्ला र रुकुममा गरि ६ सिट पाएको छ ।
त्यस्तै प्रदेशसभामा एमालेले १४ र माओवादीले १० सिट पाएका छन् ।
एमालेका ६ नम्बर प्रदेशका उम्मेदवारहरु
प्रतिनिधिसभा
सुर्खेत १ःध्रुव शाही
सुर्खेत २ः नवराज रावत
दैलेख १ः रविन्द्रराज शर्मा
दैलेख २ः राजवहादुर बुढा
प्रदेशसभा उम्मेदवार
सुर्खेत १ खः खड्ग खत्री
सुर्खेत २ कः यमलाल कडेल
दैलेख १ खः अमरवहादुर थापा
दैलेख २ कःसुशील कुमार थापा
दैलेख २ खः राजवहादुर शाही
सल्यान कः गुलाबजंग शाह
सल्यान खः प्रकाश ज्वाला