Prakash Adhikari June 27, 2018

 

मस्को(रुस) १४ असार । विश्व कप फुटबलको गए राती सम्पन्न खेलमा ब्राजिलले सर्वियालाई २ गोलले पराजित गरेको छ।

खेलको अधिकाशं समय बललाई आफ्नो नियन्त्रणमा राखेको बराजिलले पहिलो गोल खेलको पहिलो हाफको ३६ औं मिनेटमा गरेको थियो। ब्राजिलका लागि सो गोल मिलफिल्डर पाहुलिनोले गरेका थिए।

उनले कान्टिनोबाट प्राप्त पासलाई सफ्ट टच गरेर सर्वियाका गोल रक्षकलाई नघाउँदै बललाई जाली चुमाएका थिए।

पहिलो हाफमा १-० ले अगाडी रहेको ब्राजिलले आफ्नो अग्रतालाई दोश्रो हाफमा दोब्बर पार्‍यो। ब्राजिलका लागि दोश्रो गोल खेलको ६८ औं मिनेटमा थियागो सिल्भाले गरेका हुन्।

आजको खेलमा सर्वियाले केहि राम्रो अवसरहरूलाई गोलमा परिणत गर्न चुक्यो। यस्तै ब्राजिलका स्टार खेलाडी नेयमारले पनि केहि राम्रा अवसरहरूलाई गोलमा परिणत गर्न सकेनन्।

ब्राजिल समूह विजेता बन्दै तथा स्वीजरल्याण्ड उपविजेता बनेर नकआउट चरणमा प्रवेश गरेका छन् ।

Share Now

Leave a comment.