Prakash Adhikari June 27, 2018

कठमाडौं, १३ असार । नेपाल वायुसेवा निगमले आफ्नो उडानमा थपेको पहिलो वाइड बडी जहाज बिहिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएको छ ।

निगमको व्यवस्थापनले दिएको जानकारी अनुसार सो विमान राती १ बजे फ्रान्सको टुज्लुबाट उड्नेछ र निर्धारित समय तालिका अनुसार बिहान ८ बजे काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुग्नेछ ।

विमानको स्वागतकोलागि निगम व्यवस्थापनले भव्य तयारी गरेको छ । विमानको स्वागत गर्न पर्यटनमन्त्री रवीन्द्र अधिकारी एअरपोर्ट पुग्ने कार्यक्रम छ । विमान ल्याउने चालक दल र विमान लिन फ्रान्स पुगेको निगम र नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीहरुलाई बाजागाजा सहित फूलमालाले स्वागत गरिनेछ भने निगमको बेडामा थपिने विमानलाई पानीको फोहोराले स्वागत गरिनेछ ।

निगमको बेडामा वाइड बडीको विमान आएको यो पहिलो पटक भने होइन ।निगमले १९९३ देखि १९९६ सम्म २ बर्ष ६ महिना अवधिसम्म एउटा २२१ सीटयुक्त ३१० -३०० सेरिजको वाइड बडी विमान काठमाडौं, दुर्वइ,फ्र्याड.फट, लण्डन र पेरिससम्म सञ्चालन गरेको थियो ।  भाडामा लिइएको लाउडा एअर बोइड.७६७ पनि वाइड बडी नै थियो ।

उडान अगष्टबाट मात्रै

विमान नेपाल आइहाले पनि यसको नियमित उडान भने अगष्टबाट मात्रै हुनेभएको छ । निगमको अपरेसन्स विभागले नयाँ विमानलाई अगष्ट १ तारिखबाटमात्र उडान तालिकामा राखेको छ । निगमका प्राविधिकहरुका अनुसार अव आउने जहाजहरु यस अगाडि निगमको बेडामा थपिएका चिनिया जहाजहरु जस्तै एअरपोर्टको पार्कि¨ बे र ह्यांगरको शोभा हुने भएका छन् ।

निगम सूत्रका अनुसार एक थान वाइड बडी विमान चलाउन ६ जना पाइलट र ६ जना को पाइलट आवश्यक हुन्छ । तर निगम व्यवस्थापनले क्याबिन क्रुहरुको आवश्यक बन्दोबस्त गर्न सकेको छैन ।

निगम व्यस्थापनले दुईवटा नयाँ वाइड बडी विमान ल्याउने निर्णय गरे पनि त्यसको वजार व्यवस्थापनका काम भने गर्न सकेको छैन् । निगमले विमान खरिद गर्दा प्रक्षेपण गरिएका कोरियाको सोल, जापानको नारिता र अष्ट्र्ेलियाको सिड्नी उडान अनिश्चित बनेको छ । अष्ट्रेलियाको उडान पूर्व निर्धारण गरिएको भन्दा १२ टन कम क्षमताको जहाज खरिद गरिएकोले प्राविधिक रुपमा संकटमा परेको छ भने सोल र टोकियोको उडान नेपाल अझै यूरोपेली संघको कालोसूचीमा परेको कारण देखाउदै उडान सुरक्षाको कारणले दुवै देशले रोकेको अवस्था छ । यस बाहेक दमाम, हंगकंग रुट पनि वाइड बडीका दुई नयाँ विमानलाई राखिएको थियो ।

लामो दूरीका र डलर आर्जन हुने रुट सञ्चालन गर्नै कठिनाई भएकोले निगमको प्रक्षेपित आम्दानी पनि प्रभावित हुने देखिन्छ ।

निगमले यूरोपका शक्तिशाली मुलुकहरुको संयुक्त लगानी रहेको एअरबसबाट सीधै जहाज किनेको भए ती मुलुकहरुमार्फत कालोसूचीबाट हटाउने पहल गर्न सहज हुने थियो तर निर्धारित मूल्यको १० प्रतिशत कमिशन र अधिक मूल्य सिर्जना गरी त्यसबाट प्रति बिमान खान खोजिएको २ /२ अर्बका कारण निगमको व्यवस्थापनले दलालहरुको झुण्ड सिर्जना गरेर विमान खरिद गर्ने सुनियोजित षड्यन्त्र गर््यो ।

यूरोपका कुनै पनि मुलुकका राष्ट्रिय ध्वजाबाहक हवाईसेवा र निर्माता कम्पनीबाट सीधै खरिद नगरि दलाल पोस्ने र उसैमार्फत नेपालबाट पठाएको रकम खोस्ने प्रपञ्च मिलाईएकोले कुनै पनि यूरोपेली मुलुकले नेपालको हवाई सुरक्षाको पक्षमा आवाज उठाउने अवस्था सिर्जना हुन पाएन । कमिशनखोर र दलालहरुले नै रोकिदिए ।

निगमको वर्तमान व्यवस्थापनले आफ्नो उडान थप्ने योजना बनाउदा पनि विश्वको भूराजनीतिक सन्तुलनलाई ध्यान दिन सकेन । विश्वका प्राय सबै राष्ट्रिय र ठूला एअरलाइन्सहरुले एअरबस र बोइड.का विमानहरु एकसाथ सञ्चालन गरिररहेका हुन्छन । विश्व शक्ति राष्ट्र अमेरिकालाई पनि साथमा लिएर हिड्दा थुप्रै जोखिम पार लगाउन सक्ने संभावना हुन्छ तर नेपालको राष्ट्रिय ध्वजाबाहकको व्यवस्थापनले निगममा भएका दुई बोइड.मध्ये एउटा कौडीको भाउमा जम्मा १५ करोड रुपैयामा एनआरएनएका अध्यक्ष भवन भट्टलाई बेचेको छ भने अर्को पनि बेच्न मूल्यांकनकर्ताको लागि टेण्डर मागिसकेको छ ।

 

अमेरिकालाई पनि एकहदसम्म विश्वासमा लिएर काम गर्नुपर्नेमा नेपालमा निषिद्ध नै गर्न खोजिएको छ । विमान चालक र यात्रुहरुको अनुभव के छ भने ३० देखि ३१ बर्ष पुराना वोइ¨ले ४ बर्ष पनि नभएका एअरबसका विमानले भन्दा भरपर्दो सेवा दिइरहेको छ र विमानको उडान र अवतरण गर्दा पनि एअरबसभन्दा बोइड. आरामदायी छ । यो हल्लदैन ।

हवाई क्षेत्रका विज्ञहरु भन्दछन, विश्व शक्तिराष्ट्र अमेरिकाको ईसारा नभइकन न यूरोपियन यूनियनले नेपालमाथिको प्रतिबन्ध फुकुवा गर्दछ न कोरिया र जापानले नै त्यस्तो आँट गर्दछन् । दलालबाट कमिशन कुम्ल्याउने चक्करमा निगमको व्यवस्थापनले नागरिक उड्डयनका माध्यमबाट नेपालले राख्दै आएको कुटनीतिक सन्तुलन र मित्रतामा पनि संकट ल्याइदिएको छ । दलालमार्फत कमिशन बटुल्न खोज्दा नेपालको अन्तराष्ट्रिय उडान क्षेत्र साँघुरिदै गएको छ ।

छोटो दूरी : ठूला जहाजका लागि खर्चिलो

निगमका एक उच्च प्राविधिकका अनुसार नेपालको कुटनीतिक सम्बन्ध बिगारेर दलाल पोस्दै रकम असुल्ने नियतले ल्याएका यी ठूला विमानहरुले नेपालको अन्तराष्ट्रिय उडान क्षेत्रमात्र साँघुरो बनाएका छैनन्, कालान्तरमा निगम पनि धराशायी हुने अवस्था सिर्जना भएको छ ।

निगमको व्यापारिक प्रतिवेदनमा उल्लेख भएका सोल, टोकिया र सिड्नीका उडान सञ्चालन हुन नसकेपछि निगमको जहाजले तीनै रुटहरु सञ्चालन गर्नुपर्नेछ , जुन रुटहरु अहिले साँघुरा आकारका बोइ¨ ७५७ र एअरबस ३२० ले धानिरहेका छन् ।

आकाशमा उड्ने विमानको महत्वपूर्ण पार्टहरुको जीवन अवधि कि उत्पादन समय वा उडान र अवतरणको साइकल का आधारमा निर्धारण हुन्छ । जति लामो रुटमा सञ्चालन हुन सक्यो त्यसको जीवनअवधि त्यति नै लामो हुन्छ । विमानका इञ्जिन, ल्याण्डि¨ गियर, एक्जलरी पावर युनिट, राडार, रेडियो, सञ्चार उपकरण, इलेक्टिक इक्विपमेण्ट सबैको जीवन अवधि छोटो दूरीमा सञ्चालन गर्दा साइकलका हिसाबले चाडो सकिन्छ । आम्दानी कम हुने,सञ्चालन खर्च बढी हुने र विमानका पार्टपूर्जाहरु चाँडो विग्रेर फेर्नुपर्ने अवस्थाले अहिले नै दैनिक १ करोड घाटा व्यहोरिरहेको निगम यी दुई सेतोहात्ती पाल्दा कहाँपुग्ने हो ?भन्न सकिने अवस्था छैन ।

इञ्जिन मर्मतमा अझै कमिशन खाने दाउ


अख्तियारको दुरुपयोग, कानूनको उल्लंघन,आर्थिक अनियमितता, भ्रष्टाचार जस्ता कार्यमा छानवीन गरि दोषीमाथि कारबाही गर्ने संवैधानिक र राज्यका अन्य निकायहरुले निगमको आर्थिक नियमावलीलाई बलात्कार गरेर अगाडि बढाइएको खरिद प्रकृयामा छानवीन गर्ने चासो नदेखाएपछि निगमको व्यवस्थापन झन छाडा राँगो भएको छ । निगम व्यवस्थापनले कमिशनको लोभमा दलालसंग सझौता गर्दा इञ्जिन जडान र आपूर्तिको अलग्गै संझौता गरेको छैन । यस्तो संझौता गरेको भए नयाँ प्लेन किनेको ४ बर्षसम्म वारेन्टी पिरियडमा संबन्धित कम्पनीले नै मर्मत संभार गर्ने र त्यस्तो मर्मत संभारको अवधिमा सट्टा इञ्जिन दिनुपर्ने अवस्था आउथ्यो ।

मूल संझौतामा छुटेको इञ्जिन संझौताका बारेमा अहिले प्रश्न उठाउन थालिएको छ, कतै यो नियोजित त थिएन? मूल संझौतामा छुुटेको विषयलाई विमान आपूर्तकसंग पूरक संझौता गरि सच्याउनुपर्नेमा निगम व्यवस्थापनको ध्यान वारेन्टी पिरियडमा नै ८ देखि ९ अर्ब रुपियाको अर्को सौदाबाजी गर्ने खेलमा केन्द्रित भएको देखिएको छ ।

कमिशन खानका लागि मात्र सिर्जना गरिएको कम्पनीले जहाज बिक्री गरेपछि मर्मत संभारको सेवा दिन नसक्ने भएकोले निगमले गत मार्च २० मा नयाँ आउने वाइड बडीका विमानको इञ्जिन मर्मतको सेवा दिन इच्छुक कम्पनीहरुलाई सूचीकृत हुन आफ्नो योग्यता,अनुभव र सुविधा सहितका प्रावधान उल्लेख गरी आवदेन गर्न टेण्डर आह्वान गर्यो । तीन हप्ताको समयावधि दिएर आह्वान गरिएको सो टेण्डरमा आवेदन भैरहेकै बेलामा निगमका महाप्रबन्धकले निगमका महत्वपूर्ण विभागका निर्देशकहरुलाई दाँयाबाँया राखेर चैत्र २१ गते होटल सांग्रिलामा एक पत्रकार सम्मेलन गरेर निगमले नयाँ आउने २ थान वाइडबडीका ४ थान इञ्जिनहरु इञ्जिन निर्माता रोल्स रोयसलाई मासिक ६ करोडका दरले १२ बर्षसम्म मर्मत संभार गर्न दिने निर्णय गरेको कुरा सगर्व घोषणा गर्नुभयो ।

Invitation for EOI for getting enlisted in NAC’s A330-200 Maintenance Support Provider’s List

20 Mar, 2018

 

Nepal Airlines Corporation, CAM Department
Tribhuvan International Airport, Kathmandu, Nepal

Invitation for “Expression of Interest(EOI)”for getting enlisted in NAC’s “A330-200 Maintenance Support Provider’s List
Date of Publication: 20 March 2018

Nepal AirlinesCorporation (NAC) Continuing Airworthiness Management (CAM) Department intends to enlist the names of reputed Airlines or Maintenance Repair Overhaul Organization (MRO) for maintenance support of its A330-200 aircraft fitted with RR Trent 772B engines in near future.

General Terms& Conditions:
1. Expression of interest (EOI) are invited from interested reputed airlines or Maintenance Repair/Overhaul Organization (MRO). The EOI will be evaluated on the basis of six criteria mentioned below. Any party not fulfilling any of these six criteria will not be considered for enlisting in NAC’s “A330-200 Maintenance Support Provider’s List”

  1. Should be a reputed airlines or MRO with line and base maintenance capabilities on A330-200 fitted with RR Trent 772B engines.
    b. Should have its own in-house maintenance repair/overhaul facilities and capabilities for aircraft components.
    c. The in-house line and base maintenance repair/overhaul facilities and capabilities should have approval from EASA or FAA and local (respective country’s) Civil Aviation Authority. All the certificates of approval must have current validity.
    d. The airlines/MROs must mention their capabilities as stipulated in the approved Maintenance Organization Exposition (MOE).
    e. The airlines/MROs should have commitment to support AOG services.
    f. The Airlines/MROs which have already obtained the CAAN (Civil Aviation Authority of Nepal) approval/validation certificate should submit together with the EOI application. Those who do not have the CAAN approval/validation certificate should commit in writing to obtain the CAAN approval/validation certificate if awarded for the Maintenance support.
  2. Identification of the facilities/capabilities, certificates of approval and commitment (mentioned in item no.1 above) should be enclosed in an envelope clearly marked in capital letter as:
    “EOI for getting enlisted in NAC’s A330-200 Maintenance Support MRO Service Provider’s List”
  3. Completed EOI envelop with documentation as mentioned in item no.2 above should reach to CAM Department, NAC within 21(twenty one) days before 17:00 hours local time from the first date of publication of this notice in a daily newspaper of national circulation and NAC’s website. EOI envelop received after due date will not be considered. EOI sent through electronic means of communication fax, email etc within the stipulated date will also be accepted.
  4. All EOIs received will be opened in CAM Department, NAC, Kathmandu at 14:00 hrs local time on the next day of closing date of submission in presence of authorized/official representative of the applicant or even in their absence.
  5. The interested airlines/MROs are requested to submit their EOI to the address below:
    Nepal Airlines Corporation
    CAM Department, Tribhuvan International Airport
    Kathmandu, Nepal
    Tel: +977 1 4470670 Fax: +977 1 4470768
    Email: ed@nac.com.np, engplanning@nac.com.np, engdept@nac.com.np
  6. NAC reserves all rights to accept or reject to enlist any or all the proposal so received without assigning any reason whatsoever.
  7. The enlisted airlines/MROs will be invited to participate in the sealed quotation/tender bid for NAC’s A330-200 aircraft in near future.

निगमले सूची दर्ता गर्नका लागि आह्वान गरेको टेण्डरमा रोल्स रोयसले आवेदन नै गरेन । उसले नगर्नू स्वभाविक पनि थियो । उसको इञ्जिन सीधै जडान हुनुपर्ने नयाँ विमानमा त निगमले कहाँको दलालको कुन इञ्जिन हाल्न लगायो थाहा भएन, ऊ र उसको स्थानीय एजेन्टको व्यापारिक भाग खोसियो भने यस्तो लुच्चो व्यवस्थापनले आउने १२ बर्षसम्मको काम दिने आशा गर्नु बेकार जस्तै थियो । रोल्स रोयसले निगमको हावादारी घोषणालाई पत्याएन ।

निगमले सूचीकृत हुन मागेको टेण्डरमा टर्वाइन सर्भिस एण्ड सोलुसन एरोस्पेस, एएआर कर्पोरेशन इन्क र लुफ्थान्जा टेक्निककोमात्र दरखास्त पर्यो । यसमा निगमका उपनिर्देशक र विभागीय प्रमुखको जिम्मेवारीमा रहेका ज्ञानबहादुर कुँबर,रविन दाहाल,चित्रबहादुर थापा, मुक्तिप्रसाद अधिकारी, अमृत केसी, रमेश जंग थापा र सन्दीप तुलाधरले साक्षीको रुपमा हस्ताक्षर गरेका छन् ।

आवश्यक न्यूनतम योग्यता पूरा गरेका कम्पनीहरु सूचीकृत भएपछि आवश्यक कामका लागि ती पूर्वयोग्य कम्पनीबीच मूल्यमा प्रतिस्पर्धा गराउनु पर्दछ ।

तर हरेक काममा कमिशन र रुपैयामात्र देख्ने निगमको वर्तमान व्यवस्थापनले नयाँ जहाज लिदा वारेन्टी पिरियडमा सित्तैमा गर्न पाँउने काममा पनि करोडौं खाने दाउ रच्यो । जहाज कम्पनीहरुका जहाज किन्दाबाहेक अधिक घोटाला हुने भनेको जहाजको इञ्जिन र वडीकोे मर्मत संभारमा हो । त्यो कमिशन पनि १२ बर्षका लागि अहिल्यै खाने तानाबान बुन्न खोजिदैछ ।

पहिले सूचीकृत भएका कम्पनीबाट सहजरुपमा कमिशन खान कठिन हुने भएपछि निगमको व्यवस्थापनले १९ जुनमा मर्मत संभारका निमित्त नयाँ टेण्डर निकालेको छ , जसमा पावर वाई आवर भन्ने नयाँ प्रावधान राखेर अन्य मर्मत संभार कम्पनीहरुहरुलाई बाहेक गरी एकमात्र कम्पनीलाई दिने षड्यन्त्र रचिएको छ । सार्वजनि ऐन र नियमावली अनुरुप यसरी एकमात्र कम्पनीलाई काम दिने गरी शर्तहरु राखेर टेण्डर गर्न पाइदैन। उड्डयन विज्ञहरुका अनुसार बार्षिक मर्मत संभारको टेण्डर गर्दा विग्रेको बखत फेरिएका पार्टपूर्जामा लागेका खर्च दिए पुग्छ भने पावरवाई आवर भन्नासाथ इञ्जिन विग्रेपनि नबिग्रे पनि मासिक ६ करोड बुझाउन पर्दछ ।

Request for proposal (RFP) Notice
NEPAL AIRLINES CORPORATION
CAM DEPARTMENT
TRIBHUVAN INTERNATIONAL AIRPORT
KATHMANDU, NEPAL
REQUEST FOR PROPOSAL NOTICE
First Date of Publication 19th June 2018
1.1 Request for proposals are invited by CAM Department, Nepal Airlines Corporation
(NAC) Kathmandu from the NAC enlisted airlines or Maintenance and
Repair/Overhaul Organization (MRO) or Engine OEM for maintenance support
services (with scope of work as detailed in Section 4.0 of the RFP document) for
its TRENT 772B engines.
1.2 The Request for Proposal(RFP) document can be down-loaded from the first date
of publication of this notice in the page Notice/ Announcement of NAC website:
www.nepalairlines.com.np
1.3 Guidelines for submission of the proposal is elaborated in Section 2.0 Instruction
to the Service Provider – 2.3 Delivery of the proposal, 2.4 Preparation/
Completeness of the proposal.
1.4 Fully completed proposals must reach to the address mentioned below not later
than 17:00 hrs local time within 30 (thirty) calendar days from first date of
publication of this notice in the NAC web site mentioned above. The proposal
or modification/s of Proposals received after the due date and time will not be
accepted. Proposal through electric means of communications: telex, fax, email
etc. shall not be considered.
1.5 The proposal will be opened in CAM Department, NAC, Kathmandu at 14:00 hrs.
local time on the next day of the closing date for submission of the Proposal in
presence of the Service Provider or his representative/nominee or even in their
absence.
1.6 In case, the last date of submission and opening of the proposals as prescribed
above fall a holiday, the same will automatically take place on the successive
office working days at the same hours.
1.7 The RFP document should be filled in and completed properly as mentioned in
Section 2.3 and Section 2.4 of this document and should be enclosed in a large
sealed envelope clearly marked in capital letters as follows:
Nepal Airlines Corporation
Request for proposal REF: CAMD/772B- Maint/2018
Page 4
FOR SUBMISSION IN NEPAL
REQUEST FOR PROPOSAL (RFP) FOR TRENT 772B ENGINES
MAINTENANCE SUPPORT SERVICE UNDER POWER-BY-THE-HOUR
(PBH) CONTRACT
1.8 In case of the proposal being air freighted/couriered from abroad, arrangement
should be made by the Service Provider himself to clear Customs and deliver the
Proposal document to the stipulated address within stipulated date and time.
1.9 FAA/EASA Part-145and local (respective country) CAA maintenance
approval/authorization certificates, repair station certificates is a MUST and should
be enclosed in the envelope to qualify as service provider for this service. All the
approval certificates as mentioned above must have current validity. Failure to do
so shall render the proposal disqualified.
1.10 Only those service providers who have its own in-house capability on all of the
items request within the Section 4: scope of work services and having sufficiently
experienced and are currently providing PBH services for the scope of Section 4:
Work Services as required by this RFP is qualified to submit the proposal.
1.11 NAC reserves absolute rights to accept or reject any or all Proposal in full or part
thereof without assigning any reason whatsoever.
1.12 The Proposal should be submitted to the following address:
Nepal Airlines Corporation
CAM Department
Tribhuvan International Airport
Gauchar, Kathmandu, Nepal
Tel: 977-1-470670
Fax: 977-1-470768
E-mail: ed@nac.com.np; engplanning@nac.com.np
http://www.nepalairlines.com.np (Notice/Announcement Page)

निगममा नयाँ दुई वाइड बडी खरिद गर्दा गरिएको कानूनको उल्लंघन, अख्तियारको दुरुपयोग, संझौतामा गरिएको हेलचक्रयाईबाट संस्थालाई अल्प र दीर्घकालीन रुपमा हानी नोक्सानी पारेको र निगममा भएका वाई १२ र एम ए ६० लगायत साँघुरा आकारका विमानहरु पनि नियमित सञ्चालन गरी सेवालाई सुरक्षित, समयबद्ध, भरपर्दो दिगो र विश्वसनीय बनाउन नसकेको आरोपमा कुनै पनि बेला कारबाही हुन सक्ने जोखिम देखेको व्यवस्थापन १२ बर्षपछि सम्मको कमिशन अहिल्यै खाएर भाग्न कोशिस गरिरहेको छ ।

यसमा विभागीय मन्त्री, भ्रष्टाचारी र कमिशन खोरमाथि कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरिरहनुभएका अर्थमन्त्री र प्रधानमन्त्री, आर्थिक अनियमितता र भ्रष्टाचार हेर्ने संवैधानिक निकायको रुपमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परीक्षकको कार्यालय र संसदको सार्वजनिक लेखा समितिको यथोचित ध्यान यथासमयमा पुग्ने आशा भने मरेको छैन ।

Share Now

Leave a comment.