मस्को(रुस), १३ असार । रुसमा सम्पन्न समूह एफको मेक्सिको र स्वीडेनबीचको खेलमा स्वीडेन ३ गोलले विजयी भएको छ। समूह चरणको लगातार दुई खेल जीतेको मेक्सीकोले यस खेलमा कुनै गोल गर्न सकेन, उल्टो स्वीडेनलाई एक आत्मघाती गोल उपहार दियो।
अन्तिम १६ मा स्थान बनाउनका लागि स्वीडेनलाई आज मेक्सीको विरूद्धको खेल जित्नै पर्ने दबाब थियो। मेक्सिकोलाई भने बराबरी काफी थियो।
दोश्रो हाफको ५० औं मिनेटमा अगुस्टिनसनले गोल गर्दै खेलमा अग्रता स्वीडेनलाई अग्रता दिलाएका थिए।
त्यसपछि ६२ औ मिनेटमा स्विडेनका कप्तान आन्द्रेयास ग्रानभिस्टले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए।
मेक्सिकोका खेलाडी एच मोरेनोले स्वीडेनका बर्गलाई डिबक्समा फल गरेपछि स्वीडेनले पेनाल्टीको अवसार पाएको थियो। जारी विश्वकपमा आन्दरेयासले दोश्रोपटक पेनाल्टीमार्फत गोल गरेका हुन्।
खेलको ७०औं मिनेटमा अल्भारेजले गोल गरेपछि स्विडेनको अग्रता तेब्बर भएको हो। अल्भारेजले बलको बचाउ गर्ने क्रममा आत्मघाती गोल गर्न पुगे हुन्।
जीतसँगै स्वीडेन समूह विजेता बनेको छ भने मेक्सिको उपविजेता बनेको छ।
दुवै टीम नकआउटमा प्रवेश गरेका छन् ।