Prakash Adhikari January 8, 2025

 

काठमाडौं, २४ पौष । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोगबाट पीडित बीमितलाई घरमै पुगेर बीमा रकम भुक्तानी गरेको छ ।

कम्पनीको मणिग्राम शाखाले बीमित अमृत खनाललाई उहाँको घरमै पुगेर घातक रोग बापत रु १५ लाखको दाबी भुक्तानी गरेको हो। बीमित अमृतले २०७८ माघ २७ गते रु १५ लाखको बीमा योजना लिनुभएको थियो । २०८१ कार्तिकमा उहाँलाई ब्रैन स्ट्रोक भएपछि यो दाबी दर्ता भएको थियो ।

घातक रोगको दाबी रकम भुक्तानी कार्यक्रममा मणिग्राम शाखा प्रमुख कुशराज खनाल,मुर्गिया शाखा प्रमुख गणेश गैरे ,भुमही शाखा प्रमुख प्रबिन कंडेल ,मार्केटिङ दया तिमिल्सिना लगायत को उपस्थिति रहेको थियो।

साथै उक्त कार्यक्रममा एमडीआरटी माधव भुसाल र कमला जि सि कुँवर तथा सिनियर एजेन्सी मेनेजरहरु शालिकराम वस्ती र शालिकराम भण्डारीको उपस्थिति थियो ।

दाबी रकम भुक्तानीमा एजेन्सी म्यानेजरहरू रेशम भाट,हिमाल राना, शालिकराम तिवारी , नुमकला पङेनी,टक भुसाल ,बसन्ती गिरि लगायत अभिकर्ता, बीमित परिवार, आफन्तजन र स्थानीयबासीहरूको समेत सहभागीता रहेको थियो।

कार्यक्रममा वक्ताहरूले बीमाको महत्त्व र आर्थिक संकटमा ग्राहकलाई बिमित र परिवार जनलाई बीमाले सुरक्षाको बलियो काम गर्ने विषयमा चर्चा गरेका थिए ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले यस कार्यक्रम मार्फत बीमितहरूको विश्वासलाई थप सुदृढ गर्दै सेवा बिस्तार निरन्तर प्रभावकारी बनाउने प्रतिबद्धता दोहोर्‍याएको छ।

“ग्राहकहरूको जीवन सुरक्षामा हाम्रो प्राथमिकता” नाराका साथ, रिलायबल नेपाल लाइफले यस्ता प्रयासलाई भविष्यमा पनि निरन्तरता दिने जनाएको छ ।

नेपालको बीमा इतिहासमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले सर्बाधिक रकम को मृत्यु दाबी बापत रु ४ करोड भुक्तानी समेत गरेको छ। साथै, रिलायबल नेपाल लाइफले भविष्यमा पनि ग्राहकहरूको अपेक्षा पूरा गर्दै आफ्नो दायित्व कायम राख्ने प्रतिबद्धता जनाएको छ।

शुक्रबार सम्पन्न घातक रोग बापत दाबी भुक्तानी कार्यक्रममा मणिग्राम शाखा प्रमुख कुशराज खनाल, एमडीआरटी माधव भुसाल र सिनियर एजेन्सी मेनेजर शालिकराम वस्तीले मन्तव्य क्रममा बीमाको अपरिहार्यता र महत्वलाइ सबैले समयमै बुझ्नुपर्ने आवश्यकतामा प्रकाश पार्नुभएको थियो ।

Share Now