काठमाडौं, २४ पौष । जस्मिन पेन्ट्स लिमिटेडले सर्वसाधरणका लागि शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति शेयर अंकित मुल्य रु.१००÷– दरका ५ लाख कित्ताले हुन आउने रकम ५ करोड बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो ।
कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । राजधानीमा हालै आयोजित एक कार्यक्रम जस्मिन पेन्ट्स लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष लक्ष्मण प्रसाद अर्याल र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।
जस्मिन पेन्ट्स लिमिटेड मनकामना समुह अन्तर्गत स्थापित एक प्रमुख रंग उत्पादक कम्पनी हो जसले विगत ३० वर्ष देखि फ्याब्रिकेशन व्यवसाय अन्तर्गत आधुनिक प्रविधिबाट रंग उत्पादन गरि आफ्नो कारोवार र बजार विस्तार गर्दै आईरहेको छ ।