Prakash Adhikari July 2, 2018

पोखरा(कास्की), १८ असार । प्रदेश ४ को स्थायी राजधानी पोखरामा नै रहने भएको छ ।
सोमबार बसेको प्रदेश ४ को प्रदेशसभाले पोखरालाई सर्वस्वीकार्य रूपमा राजधानी तोकेको हो।

प्रदेशसभामा सहभागी सांसदमध्ये २ तिहाई बहुमतले राजधानी र नाम तोक्न मिल्ने संवैधानिक व्यवस्था छ।

पोखरालाई राजधानी तोक्ने प्रस्तावमा प्रतिपक्ष र सत्तापक्ष सबैले समर्थन गरेका थिए।

सोमबारको बैठकमा उपस्थित ५२ सांसदमध्ये सबैले पोखरालाई राजधानी तोक्ने पक्षमा मत दिएका थिए।
सांसद विन्दुकुमार थापको संयोजकत्वमा गठित समितिले पोखरालाई प्रदेशको राजधानी बनाउन प्रस्ताव गरेको थियो।

संसदमा भोलिदेखि प्रदेशको नामाकंनका बारेमा छलफल हुने भएको छ ।
११ जिल्लाबाट प्रदेशको नामाकंनका विषय छलफल गरी तयार पारिएको समितिको प्रतिवेदनमा संभावित नाममा पहिलो नम्बर गण्डकी दोस्रोमा तमुवान–मगराँत, तेस्रोमा गोरखा र चौंथोमा धवलागिरी नामको प्रस्ताव गरिएको छ।

Share Now

Leave a comment.