Prakash Adhikari July 2, 2018

ललितपुर, १८ असार । डा. गोविन्द के.सी.को जुम्लामा गरिएको गिरफ्तारीप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार एक विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण विरोध र अनशन गर्न पाउने अधिकारलाई कुण्ठित गर्दै सरकारद्धारा डा. के.सीको धरपकड गरिएको विषयलार्ई पार्टीले गम्भिरतापूर्वक लिएको जनाएका छन् ।

संसद, सडक या प्रेस मार्फत सरकारका गलत कार्यहरुको विरोध हुनु स्वभाविक हुन्छ भन्दैसो विज्ञप्तिमा भनिएको छ, न्यायोचित माग राखेर अनशनको माध्यमबाट गरिने सत्याग्रहलाई लोकतन्त्रमा झनै विशिष्ट शैलीका रुपमा लिइन्छ । तर संसदमा उठ्ने प्रश्नमा प्रधानमन्त्रीले हलुका जवाफ दिने, सडकमा गर्ने प्रदर्शनमा निषेधाज्ञा लगाउने, प्रेस जगतमा क्रमशः हस्तक्षेप बढाउने तथा अनशनमा धरपकड गर्ने, यो क्रमिक श्रृंखलाले सरकारको लोकतान्त्रिक मूल्यप्रतिको विश्वासमा प्रश्न खडा गरेको छ ।

ेकांग्रेसले सरकार हरेक क्षेत्रमा कि हचुवा शैलीमा कि निश्चित नियतका साथ प्रस्तुत हुँदै गएको पछिल्लो उदाहरणको रुपमा चिकित्सा शिक्षा अध्याधेश माथिको व्यवहारलाई लिएको छ ।

कांग्रेसले चेतावनीयुक्त शैलीमा भनेको छ, सरकारले समयमै सच्चिनु र जिम्मेवार ढंगले अघि बढ्न र सुझाव दिनु हाम्रो कर्तव्य हो । तर सरकार गम्भीर बनेन भने संसद, सडक, प्रेस, सामाजिक सन्जाल र अनशन समेतको चौतर्फी दबाब झेल्न कठिन हुने चेतावनी दिन चाहन्छौ।

Share Now

Leave a comment.