Prakash Adhikari February 8, 2025

पोखरा (कास्की), २६ माघ । नेपाल पुलिस क्लब आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

शनिवार भएको आहा राराको २४ औं संस्करणको पहिलो क्वाटरफाइनलमा ब्रिगेड ब्वाइज एफसीलाई २(० ले हराउँदै पुलिस अन्तिम चारमा पुगेको हो।

पुलिसलाई विजयी बनाउन विवेक पाण्डे र कप्तान राम वाजीले गोल गरे।

विवेकले २८ औं मिनेटमा कर्नरमा गोल गर्दैै टोलीलाई अघि बढाए। ४० औं मिनेटमा विवेककै कर्नरमा रामले हेड मार्फत गोल गर्दैै टोलीको अग्रता दोब्बर पारे ।

पुलिस पहिलो खेलमा आयोजक सहारा क्लबलाई १-० के हराउँदै अन्तिम आठको यात्रा तय गरेको थियो ।

पुलिसले सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड र साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लब मध्ये एकसँग खेल्ने छ।

पुलिसले २०५८ (काराभान गोल्डकप) सहित २०५९, २०६४,२०६५, २०६६ र पछिल्लो पटक २०७४ मा गरि ६ पटक आहा रारा गोल्डकपको उपाधि जितेको थियो।

प्रतियोगितामा मच्छिन्द्र फुटबल क्लब र ५ पटकको विजेता थ्री स्टार क्लबबिच दोस्रो क्वाटरफाइनलमा हुनेछ।

यसपटक प्रतियोगिताको विजेताले १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ।

Share Now