Prakash Adhikari February 10, 2025

काठमाडौं, २८ माघ । अर्को साता सुरु हुने इन्टरनेसनल वुमन्स च्याम्पियनसिपको लागि नेपाली राष्ट्रिय महिला टोलीको बन्द प्रशिक्षणमा रहका खेलाडीबाट ३० जना चयन गरिएको छ ।

प्रशिक्षणमा यस पहिले ३९ जना खेलाडीलाई समावेश गरिएको छ ।

छानिएका ३० खेलाडीमा व्यवसायिक फुटबलका लागि देश बाहिर रहेकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा, फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ र रेखा पौडेल पनि समावेश छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फागुन ५ देखि १४ गते सम्म हुने च्याम्पियनसिपमा नेपालसहित म्यानमार, कीर्गिस्तान र लेबनानको सहभागिता रहने छ।

कात्तिकमा साफ च्याम्पियनसिप खेले यता नेपाली टोली पहिलो पटक अन्तर्राष्ट्रिय फुटबल खेल्दैछ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतवार ३० खेलाडीको नाम सार्वजनिक गरेको छ।

महिला राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेका ३० खेलाडी

गोलकिपर – एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ, सावित्री किसन, सुजाता तामाङ

डिफेण्डर – अमृता जैसी, गीता राना, विमल विक, पुजा राना मगर, निशा थोकर, समिक्षा घिमिरे, विमला चौधरी, सजनी थोकर, प्रतिक्षा चौधरी

मिडफिल्डर – अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता राना मगर, रेनुका हमाल, सम्झना लावती, सुस्मा तामाङ, मन माया दबाई, बिर्सना चौधरी

फरवार्ड – सावित्रा भण्डारी ‘साम्बा’, रश्मि कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, ममता पुन, रेखा पौडेल

मुख्य प्रशिक्षक – राजेन्द्र तामाङ

Share Now