काठमाडौं, २९ चैत्र । राजतन्त्र र हिन्दु राष्ट्र स्थापना गर्न गठन गरिएको जनआन्दोलन समितिका जनकमाण्डर बनाएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १२ दिन हिरासत राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आज अनुमति दिएको हो ।
राजावादीले चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजना गरेको आन्दोलनमा भएको हिंसाका संलग्न प्रसाईं र उहाँका बडिगार्ड दीपक खड्कालाई प्रहरीले भारतको आसामबाट हिजो पक्राउ गरेको थियो । प्रसाईलाई प्रहरी आज झापाबाट प्लेनमा काठमाडौं ल्याएको हो ।
दुई जनाको ज्यान जाने गरी भएको बर्बरतापूर्ण घटनामा दर्जनौ घाइते भएका थिए। घाइतेमध्ये केही अझै अस्पतालम उपचाररत छन् ।
उक्त आन्दोलनमा प्रसाईले निषेधित क्षेत्र तोड्दै प्रहरीलाई पेलेर गाडी लगाएका थिए ।


















