Prakash Adhikari April 11, 2025

चेन्नई(तामिलनाडु, भारत),एजेन्सी( इन्डियन प्रिमियर लिग (आइपीएल) को २५ औं खेलमा आज चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्स भिड्दै छन् ।

खेल चेन्नाईस्थित एम.ए. चिदम्बरम स्टेडियममा नेपाली समयअनुसार खेल साँझ ७ः४५ बजे सुरु हुनेछ चेन्नईले यो सिजन पहिलो खेल जितेपछि लगातार ४ खेलमा हार बेहोरेको छ।

त्यसैले उसलाई जित्नुपर्ने दबाब रहेको छ। मुम्बई इन्डियन्स विरुद्ध ४ विकेटको जितपछि चेन्नईले विजयको स्वाद चाख्न पाएको छैन्।

साथै चेन्नइका कप्तान रूतुराज गाइक्वाडले चोटको कारण बाकी सिजन गुमाउने भएको कारण महेन्द्र सिंह धोनीले कप्तानको जिम्मेवारी सम्हाल्ने छन्।

कोलकाताले ५ खेलमा २ जित र ३ हार व्यहोरेको छ। सिजनको सुरुवात मिश्रित भए पनि टोली सन्तुलित देखिएको छ।

कोलकाता ४ अंक सहित छैटौं स्थानमा रहेको छ। चेन्नई मात्र २ अंकका साथ लिगको नवौं स्थानमा रहेको छ।

यी दुई टिमबीच अहिलेसम्म २९ खेल भएका छन्। जसमा चेन्नईले १९ र कोलकाताले १० खेलमा जित निकालेको छ।

दिल्लीसँग आरसीबी पराजित

सायद ‎1 व्यक्ति  र ‎'‎FOLLOW US ON O 收精地 北 TATA IPL CRIEKET KOMAR វម VS Eay គក្រាសនី Her FINCORP DC WON BY 6 WKTS TATA IPL TATAIPL202 2024 MATCH 24 AT BENGALURU ROYAL CHALLENGERS BENGALURU vs DELHI CAPITALS 163/7 20.0OVERS 20.0 OVERS Vs CAPITALS ارز_ای PHOTO COURTESY 169/4 17.5 OVERS INDIAN PREMIER LEAGUE‎' भन्ने पाठ‎‎ को फोटो हुनसक्छ

दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिगमा लगातार चौंथो जित हासिल गरेको छ ‌।

के एल राहुलको विष्फोटक ब्याटिङमा बिहिबार राति भएको खेलमा दिल्लीले रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) लाई १३ बल अगाडि ६ विकेटले हरायो।

१ सय ६४ रनको चुनौती पछ्याएको दिल्लीले १७.५ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो। दिल्लीको शूरुवात बिर्सनलायकरह्यो।

पहिलो क्रमका तीन ब्याटर फाफ डु प्लेसिस २ रन तथा जेक फ्रेजर र अभुषेक पोरेल समान ७ रनमा आउट भए। ३ विकेट गुमाउँदा दिल्लीले ३० रन मात्र जोडेको थियो। लगतै कप्तान अक्षर पटेल पनि १५ रनमा आउट भए।

तर केएल राहुल क्रिजमा टिके। उनले ३७ बलमा अर्धशतक बनाए। सानदार ब्याटिङ गर्दै दिल्लीको जितको आधार तयार पारे।

उनले ट्रिस्टान स्टब्ससँग मिलेर पाँचौं विकेटको लागि अविजित १ सय ११ रनको तारिफयोग्य साझेदारी गरे। के एलले ५३ बल खेलेर ७ चौका र ६ छक्का सहित अविजित ९३ रनको पारी खेले।

त्यो नै जितको प्रमुख कारण बन्यो। ट्रिस्टान अविजित ३८ रनमा रहे। बलिङमा भुवनेश्वर कुमारले २ विकेट लिए।

त्यसअघि टस जितेर दिल्लीले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको आरसिबीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय६३ रन बनायो।

कुनै पनि खेलाडी क्रिजमा जम्न सकेनन्। ओपनर फिल साल्टले ३७ रन बनाए। उनले १७ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। यसपछि आठौं क्रमका टिम डेबिट अविजित ३७ रनमा रहे।

कप्तान रजत पाटीदारले २५ रन, विराट कोहलीले २२ रन र क्रुनाल पाण्ड्येले १८ रन जोडे। अन्यले दोहोरो अंकको रन छुन सकेनन्। बलिङमा विपराज निगम र कुलदीप यादवले समान २ विकेट लिए।

दिल्लीले ४ खेलमा शतप्रतिशत नतिजा निकालेको छ। ४ खेल जितेको दिल्लीले ८ अंक बनाएको छ। दिल्लीले शीर्षस्थानमा रहेको गुजरातले जत्तिकै ८ अंक जोड्यो।

दिल्लीले गुजरातले भन्दा १ खेल कम खेलेको छ।आरसिबीको यो पाँचौं खेलमा दोस्रो हार हो। आरसीबीले ६ अंक सहित तेस्रो स्थानमा छ।

Share Now