Prakash Adhikari April 27, 2025

काठमाडौँ, १४ वैशाख : शिक्षा क्षेत्रसंग सम्बन्धित र विगतमा भएका सहमतिहरुको कार्यान्वयनको माग गर्दै राजधानी केन्द्रीत सडक आन्दोलनमा उत्रिएका शिक्षकमाथि आज सुरक्षाकर्मीहरुले निर्ममतापूर्वक लाठी चार्ज गरेका छन् ।

काठमाडौँको नयाँ वानेश्वरस्थित सडकमा आन्दोलन गरिरहेका शिक्षकले निषेधित क्षेत्र तोड्न खोजेपछि भएको झडपमा शिक्षक, पत्रकार र प्रहरीसहित २६ जना घाइते भएका छन् ।

निर्णायक आन्दोलनमा उत्रिएका शिक्षकहरुलाई सर्वोच्च अदालतले सुरक्षित रुपमा विद्यालय फर्कने वातावरण तयार गर्न सरकारलाई आदेश दिएको तर सरकारले त्यस्तो वातावरण तयार नगरेकोले अधीर भएका शिक्षकहरुले आज निषेधित क्षेत्र प्रवेश गर्न खोजेका थिए ।

त्यही क्रममा सुरक्षाकर्मीहरुले बल प्रयोग गरेका हुन् ।

झडपमा ५ प्रहरी, एक पत्रकार र २० शिक्षक घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो । घाइतेको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

शिक्षकले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले पानीको फोहोरसमेत हानेको थियो ।

शिक्षकहरु विगत २६ दिनदेखि राजधानी केन्द्रीत सडक आन्दोलनमा  छन्  ।
–––

Share Now