Prakash Adhikari April 29, 2025

 

काठमाडौं, १६ वैशाख । अखिल नेपाल फुटबल संघले निकट भविष्यमा हुने हंगकंगसंगको मैत्रीपूर्ण खेल र एशियाली कपको छनोट खेलका लागि राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणमा ३० खेलाडीलाई डाकेको छ ।

टोलीका मुख्य प्रशिक्षक म्याट रोसले हङकङविरुद्धको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप २०२७ छनोट अन्तर्गत लाओसविरुद्धको खेलका प्रारम्भिक टोली घोषणा गरेको‌ अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

नेपालले जेठ २२ गते (जुन ५)मा हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने छ ।‌ त्यसपछि जेठ २७ गते (जुन १०)मा लाओससँग एसियन कप छनोट खेल्नेछ।

फुटबलको ३० सदस्यीय प्रारम्भिक टोलीमा अभिषेक लिम्बु, अमृत श्रेष्ठ, अनन्त तामाङ, अञ्जन विष्ट, अञ्जल श्रेष्ठ, आरिक विष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुनार (गोलकिपर), दीप कार्की (गोलकिपर), गिलेस्पी जंग कार्की, किरण चेम्जोङ (गोलकिपर), कृतिश छुन्जु, कुलदीप कार्की, कुषल देउबा, लेकेन लिम्बु, मणि कुमार लामा, मनिष डाँगी, निराजन धामी, रोहन कार्की, रोहित चन्द, सनिश श्रेष्ठ, सन्तोष खतरी, सृजन राज, सुदीप गुरुङ, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, सुरज ज्यू ठकुरी, सुवास ठकुरी बम, योगेश गुरुङ रहेका छन् ।

Share Now