ग्लास्गो(स्कटल्याण्ड), ५ आषाढ । स्कटल्याण्डमा जारी टी २० आई सिरिज अन्तरगतको आफ्नो तेस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गरेको छ ।
टस हारेर ब्याटिड.को निम्तो पाएको नेदरल्याण्ड्सले दिएको १ सय ७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ४ विकेट क्षतिमा १ सय ८० रन जोडेर पूरा गर्यो ।
अन्तिम ओभरमा नेपाललाई जम्मा ७ रन चाहिएको थियो । १९ औं ओभरको अन्तिम बलमा नेपालका दीपेन्द्रसिंह ऐरी नेदरल्याण्ड्सका भान डर मर्वेको बलमा रिटायर्ड हर्ट भएर बाहिरिएपछि ब्याट समाएर मैदानमा लोकश बम पसेका थिए । २० औ ओभरमा नेदरल्याण्डस्का जेडबी लाइन क्याचेटले फालेको पहिलो बलमा बमले छक्का हिर्काए । अब जम्मा १ रन चाहिएको थियो । दोस्रो र तेस्रो बल जेडबी लाइनले डट फाले । चौथो बलमा लोकेशले अर्को छक्का हानेर लक्ष्य भेदन गरेर नेपाललाई सोमबारको पराजय बिर्साउने हर्ष दिलाए ।
आजको खेलमा नेपालका लागि ओपनर कुशल भुर्तेलले ५१ बलमा ६ चौकाको सहयोगमा सर्वाधिक ६५ रनको अर्धशतकीय पारी खेले । कुशलले टि २० आई करियरको ११औं अर्धशतक पूरा गरेका हुन् । उनले ३८ बलमा अर्धशतक पूरा गरेका थिए ।
कुशलले टी ट्वान्टी आईको ६० खेल खेल्दै ११ अर्धशतक पूरा गरेका हुन् । नेदरल्याण्ड्सविरुद्ध ९औं खेलमा उनको यो चौथो अर्धशतक हो । कुशलको नाममा टि २० आईमा एक शतक समेत रहेको छ ।
नेपालका अर्का ओपनर आसिफ शेखले कुशलसँग पहिलो विकेटका लागि २२ रनको साझेदारी गर्दै ६ बलमा ७ रनका साथ आउट भए । दोस्रो विकेटका लागि कुशलले भीम सार्कीसँग मिलेर ५४ रनको साझेदारी गरे ।
भीम १६ बलमा २ चौका र १ छक्काको सहयोगमा २७ रनमा आउट भए । भीमको यो टि ट्वान्टी आई डेब्यु खेल रहेको थियो । नेपालका लागि टी २० आईमा प्रतिनिधित्व गर्ने भीम ५२औं खेलाडी हुन् । भीमलाई नेपाली टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरीले डेब्यु क्याप हस्तान्तरण गरेका थिए ।
खेलमा कप्तान रोहित ७ बलमा ५ रन मात्रै जोडे । चौथो विकेटका लागि भने आरिफ शेखसँग कुशलले ४४ रनको साझेदारी गरे । आरिफ २३ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३९ रनमा जोडेको अवस्थामा रिटार्यट हर्ट भए ।
पाँचौ विकेटका लागि आरिफसँग उपकप्तान दीपेन्द्रसिंह ऐरीले २० बलमा २७ रनको साझेदारी गरे । दीपेन्द्र १२ बलमा १६ रनमा अविजित रहे । लोकस बम ४ बलमा १२ रनमा अविजित रहे । लोकेसले छक्का प्रहार गर्दै नेपाललाई जित दिलाएका थिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७४ रनको योगफल तयार गरेको थियो।
नेदरल्याण्ड्सका लागि ओपनर माइकल लेविटले ५३ बलमा ६ चौका र ५ छक्काको सहयोगमा सर्वाधिक ८६ रनको अर्धशतकीय इनिङ खेले । शतक बनाउँन १४ रनले चुकेका लेविट करण केसीको बलमा कप्तान रोहित पौडेलबाट क्याच आउट हुन पुगे ।
पाँचौ विकेटका लागि लेविटले सकिव जुल्फिकरसँग मिलेर ३३ बलमा ६३ रनको अर्धशतकी साझेदारी गरे । दुईबीचको महत्वपुर्ण साझेदारी सन्दीप लामिछानेले तोडेका थिए । सन्दीपले जुल्फिकरलाई ११ बलमा १४ रनमा आउट गर्दै साझेदारी तोडेका थिए ।
रोइलेफ भान डर मिर्वो २१ बलमा ३६ तथा आर्यान दत्त १८ बलमा १७ रन बनाउँदै नट आउट रहे । नेदरल्याण्ड्सका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि करण केसीले २ तथा सन्दीप, रुपेस सिंह, ललितनारायण राजवंशी, दीपेन्द्रसिंह ऐरीले समान १।१ विकेट लिए ।
जितसँगै ३ खेलमा २ मा जित र १ मा हार बेहोरेको नेपाल ४ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । उता, सिरिजको अन्तिम खेल खेलेको नेदरल्याण्ड्स ४ अंकका साथ तालिकाको दोस्रो स्थानमा खस्किएको छ । स्कटल्याण्ड तेस्रो स्थानमा छ।
सिरिजको पहिलो भेटमा सोमवार नेदरल्याण्ड्सले नेपालमाथि रोमाञ्चक जित हासिल गरेको थियो । तेस्रो सुपर ओभरमा नतिजा निस्केको खेलमा नेदल्याण्ड्स विजयी भएको थियो ।
नेपालले सिरिजको अन्तिम खेलमा शुक्रवार स्कटल्याण्डसँग खेल्नेछ । डबल राउण्ड रोबिन लिगपछि शीर्ष टोली च्याम्पियन बन्नेछ ।