काठमाडौं, १० आषाढ । त्रिभुवन विमानस्थलबाट दोहाका लागि उडेको तर कतारमा इरानी क्षेप्यास्त्र आक्रमण भएकोलेमस्कट डाइभर्ट भएको कतार एयरवेजको जहाज पुनः दोहामा अवतरण भएको छ ।
कतारको हवाई क्षेत्र बन्द भएपछि डाइभर्ट भएको जहाज, हवाई यातायात सामान्य भएपछि दोहामा अवतरण गरेको हो।
यो विमान नेपाली समय अनुसार गए राति २ः२९ बजे दोहा ल्याण्ड भएको जनाइएको छ ।
हवाई यातायात पुनः सुरु भएसँगै विभिन्न गन्तव्यका लागि कतारमा रोकिएका उडानहरू नियमित भएका छन् ।


















