काठमाडौं, १९ आषाढ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र लेट मि इन प्रा. लि.बीच संझौता भएको छ । यस संझौता अनुरुप बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौं, नयाँ बानेश्वर अवस्थित लेट मि इन प्रा.लि.मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्राप्त हुने भएको छ ।
यो सम्झौता बमोजिम लेट मि इन प्रा.लि. को कोरियन प्रविधिबाट प्रदान गरिने विविध एस्थेटिक्स सम्बन्धि सेवाहरुमा लाग्ने शुल्कहरुमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र ग्राहकहरूले विभिन्न उपचार सेवामा ८ देखि १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र लेट मि इन प्रा.लि. को तर्फबाट प्रबन्ध निर्देशक डोङ्ग सु माले हस्ताक्षर गर्नुभएको छ ।


















