माले(माल्दिभ्स्), ६ साउन । टापु राष्ट्र माल्दिभ्सको राजधानी माले सहरमा सञ्चालन भईरहेको काभा मेन्स् क्लब च्याम्पियनसिप २०२५ अन्तरगत लिग चरणको अन्तिम खेलमा आज नेपाल श्रीलंकाको टिमसंग भिड्दै छ ।
नेपाल च्याम्पियन हेल्प नेपाल स्पोर्ट्स क्लब र श्रीलंकाको पोर्ट अथोरिटी क्लब बीच राति ८ः४५ मा खेल हुने छ ।
नेपालको हेल्प नेपाल स्पोर्टस क्लबले हालसम्म खेलेका चार खेलमध्ये ३ खेलमा जित निकालेको छ। यो जितसँगै हेल्प नेपालले ४ खेलबाट ८ अंक पुर्याएको छ। शीर्ष स्थानको जायक भलिबल क्बलको समान खेलबाट ९ अंक छ।
नेपालले मालेस्थित सोसल सेन्टरमा सोमबार काजकस्तानको क्लब जायक भलिबल क्बलमाथि ३–२ को कठिन जित निकालेको हो।
माल्दिभ्सका क्लब धिवेही सिफाइन्स क्लबाई ३–२ र एचडिसीलाई ३–१ ले हराउँदै हेल्प नेपालले सानदार सुरुआत गरेको थियो।
तर, तेस्रो खेलमा भने बिस्केक कीर्गिस्तानले ३–२ ले पराजित गरेको थियो।
त्यसको दुई दिनपछि नै नेपालले पुनरागमन गरेको हो।
सेन्ट्रल एसियन भलिबल एसोसियन (काभा_ को आयोजना भइरहेको च्याम्पियन्स लिगमा काभाका सदस्य रहेका ५ देशका लिग च्याम्पियन क्लब र आयोजकको उपविजेता समेत गरि ६ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिता सिंगल राउण्ड रोबिनका आधारमा भइरहेको छ ।
लिग चरणमा शीर्ष दुईमा रहने टिम उपाधिका लागि भिड्नेछन्। तेस्रो र चौथो स्थानमा रहनेले तेस्रो स्थानका लागि खेल्नेछन्।
च्याम्पियन्स लिगको विजेताले सन् २०२६ को एसियन क्लब च्याम्पियनसिप खेल्न पाउने छ।


















