administrator September 27, 2017

काठमाडौं, १० असोज । हवाई सेवमा निकै आक्रमणक रुपमा अगाडि आएको यती एयरलाइन्सलै ७२ सीटयुक्त एटीआर विमान तुरुन्तै सञ्चालनमा ल्याउने भएको छ ।सेवा थप विस्तार गर्ने क्रममा रहेको यतिको जोडा इन्जिनसहितको आधुनिक प्रविधियुक्त एटीआर ७२–५०० विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

यती एयरलाइन्सको यो दोस्रो विमान सञ्चालमा आएपछि भैरहवा र भद्रपुर स्टेसनमा समेत सेवा विस्तार गर्ने कम्पनीले जनाएको छ । उसले आफ्नो पहिलो एटीआर ७२–५०० को सेवा थालनी विराटनगर र नेपालगन्ज विमानस्थलबाट गरिसकेको छ ।

एटीआर ७२–५०० फ्रेञ्च–इटालियन कंसोर्टियम एटीआरद्वारा निर्मित टर्बोप्रप एयरक्राफ्ट हो । उत्कृष्ट निर्माण र कार्यक्षमता प्रदर्शनीका कारण एटीआर ७२–५०० विश्व बजारमै सर्वाधिक सफल क्षेत्रीय विमानका रूपमा स्थापित हुँदै गइरहेको छ ।

त्यसैगरी वैदेशिक बजारमा निरन्तर विस्तारित हुँदै विश्वका नयाँ बजारमा समेत प्रवेश पाइरहेको छ । एटीआर ७२–५०० लाई ह्यामिल्टन सन्डस्ट्रान्ड कम्पोजिट ब्लेड प्रोपेलर सुसज्जित दुई वटा प्राट एण्ड ह्विट्ने पीडब्ल्यू १२७ इन्जिनले शक्ति प्रदान गर्छ । यी अत्याधुनिक प्रविधि सुसज्जित इन्जिन र प्रोपेलरले अद्वितीय कार्यक्षमता प्रदर्शन गर्नुका साथै इन्धन मितव्यायी, न्यून ध्वनी र न्यून ग्रिनहाउस ग्यास उत्सर्जन गर्दछ ।

एयर न्यूजील्यान्ड, एयर लिंगस, एसएएस, एचओपी, फ्लाइबी, अजंल, बैंकक एयरवेज, जेट एयरवेज, मालिन्डोलगायत एटीआर ७२–५०० विमानका विश्वमा परिचित हवाई सेवा प्रदायक हुन् ।

एटीआर ७२–५०० विमान नोर्डिक एभिएसन क्यापिटल९एनएसी०बाट वित्तीय पट्टा अन्तर्गत खरिद गरिएको हो । ४७ देशका ७० एयरलाइन्सले उपभोक्तालाई सेवा प्रदान गरिरहेको एनएसी उद्योगकै अग्रणी क्षेत्रीय पट्टादाता हो । एयरोमेक्सिको, एयर क्यानाडा, ब्रिटिस एयरवेज, एलवोटी, एयर बर्लिन, गरुडा, फ्लाइबी, एचओपीलगायत अग्रणी एयरलाइन्स तथा प्रमुख क्षेत्रीय वाहक एयर नोस्ट्रम, जेट टाइम, ईटिहाद रिजनल, बिन्टर, एयर केबीजीलगायत यसका सेवाग्राहीका रूपमा रहेका छन् । एनएसीको हालका ३ सय ५०० भन्दा बढी स्वामित्व प्राप्त र ३० व्यवस्थापन सम्हालिएका विमानमा एटीआर ४२, एटीआर ७२, बम्बारडियर ड्यास ८, सीआरजे ९०० सीआरजे १०००, सीएस३००, ई १७०, ई १७५, ई १९० र ई १९५ पर्छन् । एटीआर र बमबार्डियर विमानका लागि एनएसी विश्वकै अधिक स्वामित्व प्राप्त तथा पट्टादाता हो ।

Share Now

Leave a comment.