Prakash Adhikari April 30, 2026

किगाली(रुवाण्डा), १७ बैशाख । रुवाण्डामा जारी आईसीसी वुमन ट्रफी टी २० खेलमा आज नेपाली चेलीहरुले गज्जबको प्रदर्शन गरे । अघिल्लो म्याचमा आफूलाई हराउने भानुआतुको आज त सातो नै लिने गरी खेल । ८३ रनको विजय निकाले ।

आज नेपालको बलिड. र ब्याटिड. दुवै उत्कृष्ट रह्यो ।

टस जितेर पहिले ब्याटिड. गरेको नेपालले भानुआतुलाई १ सय ३३ रनको लक्ष्य दिएको थियो । तर २० ओभरको निर्धारित खेलमा १६.४ ओभरमा ४९रनमा अल आउट हुन पुग्यो ।

नेपालको बलिड.मा आज कविता कुँबरले जादू नै गरिन । उनले एकै ओभरमा ह्याट्रिकसहित ६ विकेट लिइन । रचना चौधरी र पूजा महतोले २ । २ विकेट लिए ।

यस अगाडि टस जितेर ब्याटिड. गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ३२ रन बनाएको थियो ।

नेपालका लागि संझना खड्काले अर्ध शतक बनाइन । उनले ५१ बलमा ९ चौकाको सहयोगमा ५२ रन बनाइन । त्यस्तै कप्तान इन्दु बर्माले ४३ रन , पूजा खड्काले १९ रन, बिन्दु रावलले ७, कविता कुँवरले ६ र रुवि पोद्दारले १ रन बनाइन ।

Share Now