Prakash Adhikari August 16, 2025

डार्विन(अष्ट्रेलिया), ३१ साउन । अस्ट्रेलियाको डार्बिनमा जारी टप एण्ड टी २० खेलमा  बंगलादेश ‘ए’ ले नेपाली राष्ट्रिय टिमसमक्ष बलियो लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेश ‘ए’ ले नेपाललाई १ सय ८४ रनको लक्ष्य दिएको हो । बंगलादेशले २० ओभरको निर्धारित खेलमा ६ विकेट गुमाएर १ सय ८३ रन बनायो ।

बंगलादेशका लागि ओपनर जिशाद आलमले सर्वाधिक ७१ रन बनाए । त्यस्तै अफिफ होसेनले अविजित ४८ रन बनाए ।

नेपालका लागि रिजन ढकालले‍ २ विकेट लिँदा नन्दन यादव, करण केसी र सन्दीप लामिछानेले १ । १ विकेट लिए ।

नेपाल पहिलो खेलमा शुक्रबार एनटी स्ट्राइकसँग पराजित भएको थियो ।

नेपालले यसपछि मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।

Share Now