Prakash Adhikari August 16, 2025

नख्खु(ललितपुर),३१ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई ललितपुरस्थित नख्खु कारागार पुर्‍याइएको छ ।

कारागार व्यवस्थापन विभागले हिजो गरेको निर्णय अनुसार लामिछानेलाई आज रुपन्देही कारागारबाट भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हवाई जहाजको यात्रा गराउँदै काठमाडौं एअरपोर्ट उतारेर सिधै नख्खु ल्याइएको हो ।

उहाँलाई उडानमा सुरक्षित मानिएको बुद्ध एयरको विमानबाट भैरहवाबाट काठमाडौैं विमानस्थल ल्याएको थियो । उहाँको को स्वागतमा नख्खु कारागार पुग्ने मार्गमा पार्टीका सांसद, नेता तथा समर्थकहरू पुगेका थिए ।

समर्थक र कार्यकर्ताहरुलो लामिछानेको पक्षमा प्रतिशोध भएको भन्दै नाराबाजी गरेका थिए ।

बुटबल उच्च अदालत दाड.को आदेश अनुसार बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा हुनुहुन्थ्यो । उहाँले गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिनुभएको थियो ।त्यस्तै उहाँले गत जेठ १४ गते रुपन्देही जिल्ला अदालतमा कारागार सरुवाका लागि निवेदन दिनुभएको थियो ।

अदालतले जेठ १६ गते उहाँलाई कारागार सार्न अनुमति दिएको थियो । तर कारागार प्रशासनले बिलम्ब गरिरहेको थियो । राष्ट्रिय मानवअधिकार आयोगले कारागारको निरीक्षण गरी उहाँसंग भेट गरेर जेल सर्न गरिएको प्रयासको कुरा सार्वजनिक गरेपछि जेल सरुवा प्रक्रिया सुरु भएको हो ।

Share Now