काठमाडौँ, २४ भदौः कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र खानेपानी मन्त्री प्रदीप यादवले पदबाट राजीनामा दिनुभएको छ ।
मन्त्री अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत पदबाट राजीनामा दिएको घोषणा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाउन आफू प्रधानमन्त्री निवासतर्फ जान लागेको राससलाई जानकारी दिनुभयो । देश र जनतासमक्ष क्षमायाचना गर्दै आफूले पदबाट राजीनामा गरेको मन्त्री अधिकारीले बताउनुभयो ।
त्यसै गरी खानेपानीमन्त्री प्रदीप यादवले राजीनामा गरेको घोषणा गर्नुभएको छ । रासससँग कुरा गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाउन आफू प्रधानमन्त्री निवासतर्फ जान लागेको जानकारी दिनुभयो ।


















