काठमाडौं, ९ असोज । आज बिहीबार साँझ प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ।
उहाँले आज साँझ ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यतालिका तय भएको हो ।
सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा प्रधानमन्त्रीले सम्बोधन गर्नुहुने बताइएको छ ।
जेनजी आन्दोलनका कारण तात्कालीन प्रधानमन्त्रीले पदबाट राजिनामा दिएपछि राष्ट्रपतिले आफूमा निहित बिशेष अधिकारको उपयोग गरेर संविधानबाहिरबाट कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो ।
कार्की २७ भदौमा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो ।


















