Prakash Adhikari September 25, 2025

 

काठमाडौं, ९ असोज । नेपाल वायुसेवा निगमले आज बिहिवार रातिदेखि चीनको ग्वाङ्जाओमा नियमित उडान सुरु गर्ने भएको छ ।

निगमले पहिलोपटक काठमाडौंबाट सिधै चीनको ग्वाङ्जाओमा उडान थालेको हो ।

काठमाडौं –ग्वाङ्जाओ–काठमाडौं उडान सातामा तीन वटा गर्ने गरी तालिका बनाएको वायुसेवा निगमका प्राविधिक प्रवक्ता मनोज साहले जानकारी दिनुभएको छ ।

निगमले काठमाडौं-ग्वाङ्जाओ उडानको भाडादर एकतर्फी ३० हजार र दुइतर्फी ५० हजार रुपैयाँ तोकिएको छ । निगमको चीन उडान राती १० बजेर १५ हुने र भोलिल्ट विहान मात्रै फर्कने छ ।

निगमले दोस्रो असोज १२ गते गर्दै छ । त्यसपछि असोज ३० गते र कात्तिक २ र ६ गते उडान गर्नेछ।

त्यसपछि भने निगमले हरेक आइतबार, मंगलबार र शनिबार ग्वाङ्जाओ उडान गर्ने तालिका तय गरेको छ ।

निगमले कोरियाको सिउल र अष्ट्रेलियाको सिड्नीमा काठमाडौंबाट उडान गर्ने तयारी गरिरहेको छ।

हाल वायुसेवा निगमसँग भएको अन्तर्राष्ट्रिय उडानका २ वटा न्यारोबडी र दुइवटा वाइडबडी जहाजबाट भारतको दिल्ली, मुम्मई, बैङ्लोर, कतारको दोहा, मलेसियाको क्वालालम्पुर, यूएईको दुबाई, हङकङ, थाइल्याण्डको बैंकक, साउदी अरबको दम्माम र जापानको नारिता उडान गर्दै आएको छ ।

Share Now