काठमाडौँ, २४ असोजः आइसिसी टी-२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्यासिफक छनोटमा नेपालले जापानलाई हराउँदै समूह विजेताका रूपमा सुपर सिक्समा प्रवेश गरेको छ ।
ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा आज सम्पन्न समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा नेपालले जापानलाई पाँच विकेटले पराजित गर्दै विजयकी भएको हो ।
प्रतियोगितामा लगातारको दोस्रो जितसँगै नेपालले दुई खेलमा चार अङ्क जोडेको छ । पराजित जापान पनि समान खेलबाट दुई अङ्कका साथ उपविजेताका रूपमा सुपर सिक्समा प्रवेश गरेको छ ।
जापानले प्रस्तुत गरेको १ सय ३२ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा पाँच विकेट गुमाउँदै लक्ष्य पूरा गरेको छ । नेपालका लागि आसिफ शेखले सर्वाधिक ३८ रनको योगदान दिए । त्यसैगरी, गुल्शन झाले अविजित २८ रन बनाए भने कुशल भुर्तेलले २१, कप्तान रोहितकुमार पौडेलले १८ र दीपेन्द्रसिंह ऐरीले अविजित १४ रन बनाए । जापानका लागि शोम स्लाटले दुई विकेट लिए भने सबौरिश रविचन्द्रन र डेक्लन सुजुकी म्याककोम्बले समान एकएक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जापानले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १ सय ३१ रनको योगफल बनाएको थियो । जापानका लागि कप्तान केन्डल काडोवाकी फ्लेमिङले ४६ बलमा पाँच चौका र तीन छक्काको मद्दतले सर्वाधिक ६० रनको योगदान दिए । इसाम रहमानले ३१ र बेन्जामिन इटो डेभिसले १७ रन बनाए ।
नेपालका लागि गुल्शनकुमार झा र सन्दीप लामिछानेले समान दुईदुई विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले समान एकएक विकेट लिएका थिए ।
नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो । पशुपति क्षेत्रको सांस्कृतिक अध्ययनमा विद्यावारिधि शोध गर्नुभएका टण्डनले पशुपति क्षेत्र विकास कोषको दुई दुईपटक नेतृत्व गरिसक्नुभएको छ । गुठी संस्थान […]
काठमाडौँ, २०असोज:नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियालाई निश्चित वैदेशिक रोजगार व्यवसायी संस्थामा सीमित गरी एकाधिकार कायम गर्न खोजिएको भन्दै त्यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराएको छ । […]
काठमाडौँ, १२ कात्तिकः परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा हिमाली एजेन्डा, जलवायु वित्त र जलवायु न्यायलाई प्राथमिकताका साथ उठाउने बताउनुभएको छ […]
Kathmandu, May 29: The International Sagarmatha (Mt. Everest) Day is being celebrated today with different programmes. This day is marked on May 29 every year to commemorate the first ascent […]