Prakash Adhikari October 11, 2025

काठमाडौं, २५ असोज । राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएको छ ।उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेल शनिबार बिहान महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएको थियो।

अहिले उहाँको स्वास्थ्य परीक्षण भइरहेको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेलले विज्ञप्तिमार्फत जानकारी गराउनुभएको छ ।

‘हाल सम्माननीयज्यूको स्वास्थ्य परीक्षण भइरहेको छ,’ अस्पतालद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराउँछौं ।’

शनिबार बिहान जेनजी आन्दोलनका प्रतिनिधिहरूसँग राष्ट्रपति कार्यालयमा वार्ता राखिएको थियो । तर, वार्ताअघि नै राष्ट्रपति पौडेल अस्वस्थ भएपछि अस्पताल लगिएको हो ।

जेनजीसँग निर्धारित वार्ता अब सोमबार हुने बताइएको छ ।

 

 

Share Now