Prakash Adhikari October 18, 2025

काठमाडौँ, कात्तिक १ गते । नेपाल क्रिकेट संघ (क्यान)ले यूएईमा हुने आइसीसी विश्वकप क्रिकेट लिग–२ शृंखलाकाका लागि नेपाली टोलीको घोषणा गरेको छ ।

लिग-२ अन्तर्गत यूएई र अमेरिकासँग हुने शृंखलाका लागि क्यानले शनिबार नेपाली टोलीको घोषणा गरेको हो ।

क्यानले घोषणा गरेको टिमबाट भर्खरै ओमानमा सकिएको विश्वकप छनोटमा समेटिएका तीन खेलाडी बाहिरिएका छन् ।

आईसीसी लिग २ विश्वकप छनोटको त्रिकोणीय श्रृखलाको लागि नेपालले कप्तान रोहित पौडेलको नेतृत्वमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, आशिफ शेख, अनिल साह,कुशल भूर्तेल,सोमपाल कामी,करन केसी, नन्दन यादव, भीम सार्की,कुशल मल्ल,आरिफ शेख, ललित राजवंशी,गुल्शन झा र शाहब आलम रहेको १५ सदस्यीय स्क्वाड घोषणा गरेको छ ।

क्यानले सन्दीप जोरा, लोकेश बम र आदिल‌ आलमलाई हटाएर टिममा भीम सार्की, शाहब आलम र अनिल साह समेटेको हो ।

लिग-२ अन्तर्गत यूएई र अमेरिकासँग शृङ्खला कात्तिक ९ देखि १९ गतेसम्म यूएईमा हुँदैछ ।

BREAKING: ICC League 2 fixtures! 🏏🇳🇵 After an incredible 9 wins in 10 matches — can the Rhinos continue their domination against USA and UAE? 💪 Comment your prediction below! 👇 #NepalCricket #CardiacKid #ICCWCL2 #NepalvsUSA #NepalvsUAE #cardiackid

Share Now