Prakash Adhikari October 29, 2025

 

काठमाडौं, १२ कार्तिक । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दल र जेनजी प्रतिनिधिहरूसँग आज छलफल गर्ने तयारी गर्नुभएको छ । कार्कीले राष्ट्रिय मान्यता प्राप्त दलहरू र जेनजी अगुवालाई पहिलोपटक एकै ठाउँमा राखेर छलफल गर्न लाग्नुभएको हो । छलफल अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु हुने बताइएको छ ।

निर्वाचनको वातावरण बनाउनका लागि पहिलोपटक सरकार,राजनीतिक दल र जेनजीहरु सम्मिलित त्रिपक्षीय बैठक बोलाइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताउनुभएको छ ।

उहाँले निर्वाचन सफल बनाउन राजनीतिक दल र सम्बद्ध पक्षसँग चरणबद्ध वार्ता र छलफल भइरहेको जानकारी दिनुभयो । यसअघि यही कात्तिक ४ गते सरकार र राजनीतिक दलबिच छलफल भएको थियो ।

सरकारले निर्वाचन आयोगसँग पनि विभिन्न चरणमा छलफल गरी निर्वाचनको वातावरणका निम्ति ताकेता गरिरहेको छ ।

Share Now