Prakash Adhikari November 21, 2025

तानसेन (पाल्पा), ५ मङ्सिरः विद्यार्थी बोकेको बस आज बिहान यहाँ दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । शैक्षिक भ्रमणमा दाङबाट आएका विद्यार्थी रानीमहल जाने क्रममा दुर्घटनामा परेका हुन् ।

तानसेन रानिमहल सडक खडको तानसेन नगरपालिका– १३ बैकुण्ठे भिर नजिकै दाङबाट आएको ना ५ ख १०८९ नम्बरको बस दुर्घटना भएको हो ।

साधारण नमुना मावि राजपुर दाङका विद्यार्थी पाल्पाको रानीमहल भ्रमणका लागि आएका थिए । बस अचानक आफै अनियन्त्रित भई सडकको भित्तामा ठोकिन जाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार घाइते सबैलाई तानसेनस्थित युनाइटेड मिसन अस्पताल पु¥याइएको छ । उनीेहरुको अवस्था सामान्य छ ।

Share Now