काठमाडौं, ७ भदौ । संवैधानिक परिषदले हालका कायम मुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ ।
बिहीबार बसेको बैठकले मिश्रको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, उपसभामुख शिवमाया तुम्बाहाम्फे र कानुनमन्त्री भानुभक्त ढकाल सहभागी थिए ।
यसअघि परिषदले प्रधानन्यायाधीशमा तीन जना न्यायाधीशको नाम सिफारिस गर्दा मिश्र दोस्रो नम्बरमा हुनुहुन्थ्यो ।
पहिलो नम्बरमा सिफारिस भएका दीपकराज जोशीको नाम संसदीय समितिबाट अस्वीकृत भएपछि संवैधानिक परिषदले मिश्रको नाम सिफारिस गरेको हो ।


















