Prakash Adhikari August 24, 2018

 

भीमदत्तनगर(कञ्चनपुर)। १३ वर्षीया बालिका निर्मला पन्तको वास्तविक हत्याराको खोजीको माग गर्दै आन्दोलनमा उत्रेका महेन्द्रनगरबासी उपर प्रहरीले गोली प्रहार गर्दा १४ बर्षीय सनि खुनाको मृत्यु भएको छ ।

स्थिति असमान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महेन्द्रनगरमा राती ८ बजेदेखि कफ्र्यू लगाएको छ ।

पदर्शनकारी जिल्ला प्रशासन र ट्राफिक प्रहरी कार्यालयतिर केन्द्रित भएपछि स्थिति तनावग्रस्त भएपछि प्रहरीले शुक्रबार साँझ गोली चलाएको थियो। प्रहरीको गोली लागेर अन्य ३ जना गम्भीर घाइते भएका छन् ।

अहिले महेन्द्रनगर बजार तनावग्रस्त छ।

आक्रोशित समूहले ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय तोडफोड गर्न लागेपछि गोली चलाइएको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार महेन्द्रनगरको चन्दन चौक निर प्रहरीको गोली लागि सनि खुनाको मृत्यु हुनुका साथै थप तीन जना गम्भीर घाइते भएका छन्।

स्थिति अन्नियन्त्रित हुँदै गएपछि प्रशासनले कर्फ्यू लगाउने तयारी गरेको छ।

प्रदर्शनकारी जिल्ला प्रशासन कार्यालयतिर आउन खोजेपछि प्रहरीले बल प्रयोग गर्दा झडप भएको हो।

सरकारले उच्च स्तरीय छानबिन टोली गठन गर्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख परिवर्तन गरेपछि शुक्रवार बिहान साम्य भएको आन्दोलन दिउँसोबाट शुरू भएको थियो।

प्रहरीले केही दिन हत्याका नक्कली अभियुक्तलाई सार्वजनिक गरेपछि स्थानीय आक्रोशित बनेका हुन्।

 

बिहीबार घटनाको छानबिन गर्नका लागि गृहमन्त्रालयका सहसचिवस्तरीय छानबिन समिति गठन गरिएको छ।

 

अनुसन्धानका लागि गठन गरिएको समितिका संयोजक सहसचिव हरिप्रसाद मैनाली संयोजकत्वको टोली काठमाडौंबाट महेन्द्रनगर पुगेको छ। समितिलाई घटनाको बारेमा अनुसन्धान गर्न १५ दिनको समय दिइएको छ।

(चेतन भट्टको नाम पर्न गएकोमा हामी क्षमा प्रार्थी छौ । सं)

 

Share Now

Leave a comment.