Prakash Adhikari January 17, 2026

 

काठमाडौं, ४ माघ । आइसीसी महिला टी २० विश्वकप ग्लोबल छनोट आजदेखि नेपालमा सुरु हुँदैछ ।

आज चार खेलहरु हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तराष्र्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा थाइल्याण्ड र नेपालबीच हुनेछ  ।  आज जिम्बाबे- नेदरल्याण्ड, आयरल्याण्ड – पीएनजी ,अमेरिका-बंगलादेशबीच खेल हुनेछ  ।

खेलको औपचारिक आरम्भ हुनु अगाडि हिजो साँझ भएको प्रिम्याच कन्फरेन्स तथा ट्रफि अनावरण कार्यक्रममा खेलमा सहभागी सबै १० राष्ट्रका क्याप्टेन तथा मुख्य प्रशिक्षकहरुले आआफ्नो टोली खेल जितेर आईसीसी टी २० महिला विश्वकपमा छनोट हुने विश्वास प्रकट गरेका छन् ।

नेपाल, थाइल्याण्ड रहेको समूह ‘बी’ मा जिम्बावे, नेदरल्यान्ड्स र स्कटल्यान्ड छन् । समूह ‘ए’ मा बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका छन् ।

ग्लोबल क्वालिफायर अन्तरगत जनवरी १४ देखि १६मा १० वटा अभ्यास खेल सम्पन्न भइसकेका छन् ।

आज माघ ४ (जनवरी १८) देखि माघ १८ गते (फेब्रुअरी १) सम्म प्रतियोगिताका खेलहरु हुँदैछन् । खेलहरु कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र मूलपानीको माथिल्लो र तल्लो क्रिकेत मैदानमा हुनेछन् । दुवै समूहका शीर्ष ३ टोली सुपर सिक्समा पुग्नेछन् ।

ग्लोबल छनोटमा नेपालले माघ ४ गते (जनवरी १८) थाइल्यान्ड, माघ ८ गते (जनवरी २२ ) नेदरल्यान्ड्स, माघ १० गते (जनवरी २४) जिम्बावे तथा समूह चरणको अन्तिम खेल माघ १२ गते ( जनवरी २६) स्कटल्यान्डसँग खेल्नेछ ।

नेपालले महिला टी २० विश्वकप छनोट पहिलो पटक आयोजना गर्न लागेको हो । क्यानले छनोट खेलका लागि खेलाडी छनोट गरिसकेको छ ।छनोटका शीर्ष ४ टोलीले अर्को वर्ष आइसिसी महिला टि २० विश्वकप खेल्नेछन्।

सायद '店 MEPAL ICC WOMEN'S ICCWOMEN'ST20 T20 WORLD CUP ENGLAND WALES 2026 CAN SQUAD (Global Qualifiers) Indu Barma (C) Puja Mahato (VC) Rubina chhetri Sita Rana Magar Bindu Rawal samjhana Khadka Kajal shrestha Kabita Joshi Kabita Kunwar Rachana Chaudhary Riya sharma Roma Thapa Suman Bista Rajmati Airee Manisha Upadhaya #LOUDERNOH|AMEPALCNCHET #LOUDERNOH|# 14 Jan-1Feb Jan- 1Feb 2026 TU Cricket Ground, Mulpani TUGrieleGrounthtp/oriteGrvein Cricket Ground Nepal' भन्ने पाठ को फोटो हुनसक्छ

 

Share Now