Prakash Adhikari January 17, 2026

धरान(सुनसरी), ४ माघ । सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको प्रो-एम उपाधि शुक्रबहादुर राईको टोलीले जितेको छ।

पार-७० धरान गल्फ क्लबमा शनिवार भएको प्रतियोगितामा शुक्रसहित एमेच्योर सोम गुरुङ, पूर्ण लिम्बु र आवास भट्टराई सम्मिलित टोलीले कुल १ सय ५८ अंक जोड्दै उपाधि जितेको हो।

पूर्व नेपाल नम्बर एक प्रो शुक्रले ३७ अंक बनाए। उनले काउन्ट ब्याकमा सञ्जय लामालाई पछि पारे। एमेच्योरतर्फ सोमले सर्वाधिक ४२ अंक जोड्दापूर्णले ४० र आवासले ३९ अंक जोडे।

प्रो सञ्जय लामा तथा एमेच्योर लोकेन्द्र राई, दिवस तुलाधर रमानबहादुर लिम्बु सम्मिलित टोली १ सय ५० अंकसहित दोस्रो बन्यो। सञ्जय र मनबहादुरले समान ३७ अंक जोडे भने लोकेन्द्र र दिवसले समान ३८ अंक प्राप्त गरे।

प्रो बलभद्र राई तथा एमेच्योर मेजर जनरल नकुलबहादुर रायमाझी, सिद्धान्त सापकोटा र वसन्त राईको टोली १ सय ४६ अंकसहित तेस्रो स्थानमा रह्यो। स्थानीय अनुभवी प्रो बलभद्र र एमेच्योर बसन्तले समान ३६ अंक जोडे भने नकुल र सिद्धान्तले ३७र३७ अंक बनाए।

महिलातर्फ बिना सापकोटाले ३० अंकसहित महिलातर्फ उत्कृष्ट व्यक्तिगत स्कोरको पुरस्कार जित्न सफल रहिन्। यस्तै मेजर जनरल नकुलबहादुर रायमाझीले लङ्गेस्ट ड्राइभ र उज्ज्वल राईले क्लोजेस्टटु द पिनको उपाधि जिते।

स्टेबलफोर्ड फुल ह्यान्डिक्याप फर्म्याटमा खेलाइएको प्रतियोगितामा १५ प्रो र ५५ एमेच्योर गरी कुल ७० गल्फरले सहभागिता जनाएकाथिए। नेपाल गल्फ संघका उपाध्यक्ष तिलक राई र कोशी प्रदेश गल्फसंघका अध्यक्ष सुयश प्याकुरेलले विजयी खेलाडीलाई पुरस्कार प्रदान गरे।

यसअघि शुक्रबार सम्पन्न सूर्य नेपाल इस्टर्न ओपनको प्रतिस्पर्धामानेपाल नम्बर एक प्रो निरज तामाङले कुल १५-अन्डर १ सय २५ स्कोरसहित उपाधि जितेका थिए।

एमेच्योर राहुल विश्वकर्मा ९-अन्डर १ सय ३१ स्कोरसहित दोस्रो भए। बलभद्र राई ६-अन्डर २ सय ४ स्कोरसहित तेस्रो स्थानमा रहे।

दिनेश प्रजापतिले २ सय ७ स्कोरसहित चौथो स्थान हासिल गर्दा टंकबहादुर कार्की र भुवननगरकोटीले पाँचौं स्थान बाँडे। प्रतियोगिताको पुरस्कार १० लाख ५० हजार रुपैयाँ रहेको थियो।

Share Now