Prakash Adhikari January 22, 2026

काठमाडौँ, ७ माघ : सङ्घीय राजधानी रहेको जिल्ला काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा सात लाख १० हजार ७ सय  ८ मतदाता कायम भएका छन् । यसमा महिला तीन लाख ६४ हजार, पुरुष तीन लाख ४६ हजार १ सय  १६ र सात रहेको जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जनाएको छ ।

आगामी फागुन २१ ग्ते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँमा मतदान स्थल ३ सय  २० र मतदान केन्द्र ८ सय  १७ कायम गरिएको जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले राससलाई जानकारी दिनुभयो ।

काठमाडौँ, निर्वाचन क्षेत्र नं. १ मा मतदान स्थल २२, मतदान केन्द्र ५७ छ । यहाँ २५ हजार २ सय  ५२ महिला र २३ हजार २ सय  ३७ पुरुष गरी कुल ४८ हजार ८ सय  ४९ मतदाता रहेका छन् । यसैगरी क्षेत्र नं. २ मा मतदान स्थल ४०, मतदान केन्द्र १०० छ । यस क्षेत्रमा पुरुष मतदाता ४५ हजार ३ सय  १५ र महिला मतदाता ४३ हजार ३ सय  ९३ गरी कुल मतदाता ८८ हजार ७ सय  ८ रहेको पनि उहाँले सुनाउनुभयो । क्षेत्र नं. २ काठमाडौँ जिल्लाका १० वटै निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मतदाता रहेको क्षेत्र हो ।

काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं. ३ मा मतदान स्थल २९ र मतदान केन्द्र ७२ रहेको छ । यो निर्वाचन क्षेत्रमा महिला मतदाता ३२ हजार ९ सय  २३ र पुरुष मतदाता ३१ हजार ५ सय  ५६ गरी कुल ६४ हजार ४ सय  ७९ मतदाता रहेका छन् । क्षेत्र नं. ४ मा ३३ मतदान स्थल, ८८ मतदान केन्द्र रहेको छ । यहाँ ३९ हजार ५ सय  ९९ महिला र ३६ हजार ५ सय  ४२ पुरुष गरी ७६ हजार १ सय  ४१ मतदाता रहेका छन् । क्षेत्र नं. ५ मा मतदान स्थल ३१, मतदान केन्द्र ९० रहेको छ । ४० हजारु ८सय  ३२ महिला, ३७ हजार २ सय  ७८ पुरुष र अन्य चार गरी कुल मतदाता ७८ हजार १ सय  १४ रहेका छन् । क्षेत्र नं. ६ मा मतदान स्थल ३२, मतदान केन्द्र ७९ रहेको छ । यहाँ महिला ३४ हजार ९ सय  ५६, पुरुष ३२ हजार ८ सय  २ र अन्य एक गरी कुल मतदाता ६७ हजार ७ सय  ५९ रहेको छ ।

क्षेत्र नं. ७ मा मतदान स्थल २९, मतदान केन्द्र ७८ रहेको छ । महिला ३४ हजार ७ सय  ३८ र पुरुष ३२ हजार ६ सय  ७३ गरी कुल ६७ हजार ४ सय  ११ मतदाता रहेका छन् । क्षेत्र नं. ८ मा मतदान स्थल २३ र मतदान केन्द्र ६५ रहेको छ । महिला २९ हजार ८९८ र पुरुष २७ हजार ९ सय  १३ गरी कुल ५७ हजार ८ सय  ११ मतदाता रहेका छन् । क्षेत्र नं. ९ मा ३४ मतदान स्थल र मतदान केन्द्र ९० रहेको छ । महिला ४० हजार २ सय  ७८ र पुरुष ३८ हजार २१७ गरी कुल ७८ हजार ४ सय  ९५ रहेका छन् । क्षेत्र नं. १० मा मतदान स्थल ४७ र मतदान केन्द्र ९८ रहेको छ । यहाँ महिला ४२ हजार ७ सय  १६, पुरुष ४० हजार ५ सय  ८३ र अन्य दुई गरी कुल मतदाता ८३ हजार ३ सय  १ रहेका छन् ।

काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नंं. १ मा ३०, क्षेत्र नंं. २ मा २२, क्षेत्र नंं. ३ मा २४, क्षेत्र नं.४ मा २८, क्षेत्र नंं. ५ मा २७, क्षेत्र नं. ६ मा २२, क्षेत्र नं. ७ मा २८, क्षेत्र नं. ८ मा २२, क्षेत्र नं. ९ मा २७ र क्षेत्र नं.१० मा पनि २७ उम्मेद्वार मनोनयन पत्र दर्ता गराएको पनि जिल्ला निर्वाचन अधिकारी भट्टराईले बताउनुभयो । काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा गरी २ सय  ५७ उम्मेद्वारले मनोनयन पत्र दर्ता गराएको जानकारी पनि उहाँले दिनुभयो ।

Share Now