Prakash Adhikari January 22, 2026

 

काठमाडौँ, ८ माघ । चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)को नेतृत्वको एक टोली नेपाल आइपुगेको छ ।

चिनियाँ टोली तीन दिनसम्म नेपाल भ्रमणमा रहने नेपालस्थित चिनियाँ राजदूतावास स्रोतले जनाएको छ । जेनजी आन्दोलनपछि चीनबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । देशको बदलिँदो परिस्थिति, चुनावलगायतका विषय बुझ्न यो टोली नेपाल आएको बताइएको छ ।

झेङ नेपाल मामिलाका जानकार हुनुहुन्छ । उहाँ नेपाली भाषा पनि राम्ररी बोल्नुहुन्छ । । विभिन्न उच्चस्तरीय भ्रमणमा नेपाल आइसक्नुभएकी सरलायसपटक भ्रमण टोलीको नेतृत्व गरेर नै आउनुभएको हो ।

Share Now