विर्तामोड(झापा), १२ माघ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले कोशी प्रदेशका अभिकर्ताहरुलाई सिइेओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
बिर्तामोड स्थित होटल द किंग्सबरीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश खत्रीूको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गत आर्थिक वर्ष २०८१÷८२ मा तोकिएको बीमाशुल्क संकलन गरी कोशी प्रदेशबाट योग्य हुनुभएका ३ सय जना अभिकर्ताहरुहरुलाई सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा नेशनल लाइफ इन्स्योरेन्सका विभागीय प्रमुखहरु, प्रदेश प्रमुख एवं कोशी प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।
पानसमा दीप प्रज्वलन गरी शुभारम्भ गरिएको उक्त सम्मान कार्यक्रममा सहभागी अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीूले सिइओे क्बलको सदस्यता वितरण गरी सम्मान समेत गर्नुभएको थियो । कोशी प्रदेशबाट आफ्नो कोडमा र संजलमा प्रथम, द्वित्तिय र तृत्तिय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो ।
यसै गरी सो अवसरमा कम्पनीले बार्षिक योजना अन्तर्गत जारी गरेको नेशनल अवार्ड योजना अन्तर्गत नेशनल रत्न तथा नेशनल स्टार विजेता अभिकर्ताहरुलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट प्रमुख कार्यकारी अधिकृत खत्रीले सम्मान गर्नुभएको थियो ।
समारोहमा प्रमुख कार्यकारी अधिकृत खत्रीले सिईओ क्लब र नेशनल अवार्ड अन्तर्गत योग्य हुने अभिकर्ताहरुलाई प्रदेश स्तरिय रुपमा सम्मान गर्ने क्रममा कोशी प्रदेशबाट छनौट हुनुभएका अभिकर्ताहरुलाई सम्मान गरिएको बताउनु भयो । उहाँले कम्पनीले ल्याएको सिइओ क्लब कार्यक्रममा नेपालभरिबाट १ हजार ६ सय जना जना भन्दाबढि अभिकर्ताहरु छनौट हुनुले यो योजना अत्यन्तै सफल भएको बताउनुभयो । उहाँले कम्पनीले सबै तहका अभिकर्ताहरु माझ लोकप्रिय हुने यस्ताखाले योजनाहरु ल्याउन हरसंभव प्रयासरत रहेको पनि बताउनुभयो ।
चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अफजल अहमदले मोटिभेसनल तालिम प्रदान गर्नुभएको सो कार्यक्रममा सहभागी अभिकर्ताहरुले तालिमबाट थप उर्जा मिलेको र प्रमुख कार्यकारी अधिकृतबाट आफ्नै क्षेत्रमा सम्मान ग्रहण गर्न पाउँदा गर्व महसुस भएको बताउनु भएको थियो ।


















