माले(माल्दिभ्स्), २२ माघ । काभा महिला क्लब लिग २०२६ अन्तरगत आज साबिक विजेता नेपाल पुलिस क्लब पहिलो खेल खेल्दै छ । नेपाली चेलीहरुले पहिलो खेलमा उज्बेकिस्तानको हुमो भलिबल क्लबसंग भिड्ने छन् ।
माल्दिभ्सको राजधानी मालेस्थित सोसल सेन्टर इन्डोर हलमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।
पुलिसको यो पहिलो खेल हो। हुमोको यो दोस्रो खेल हो।
खेलको समुद्घाटन बुधबार भएको थियो ।


















