Prakash Adhikari March 5, 2026
  • गनी अन्सारी, बीबीसी न्यूज नेपाली

काठमाडौं, २१ फागुन । झापाबाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेन चढेको हेलिकप्टर झापा नपुगी काठमाडौं फर्केको अधिकारीहरूले बताएका छन्।

त्रिभुवन विमानस्थलबाट झापाका लागि उडेको एक घण्टापछि काठमाडौं नै फर्किएको विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतले बीबीसीलाई बताउनुभयो।

उहाँका अनुसार बिहान ९ः११ बजे त्रिभुवन विमानस्थलबाट उडेको हेलिकप्टर १०ः०९ बजे अवतरण गर्ने तालिका थियो।

“प्राविधिक कारणले होइन। ‘अपरेशनल रिक्वाअरमन्ट’ का कारण अवतरण हुन नसकेको एटीसीले जनाएको छ,” बीबीसी न्यूज नेपालीसँग बस्नेतले भन्नुभयो।

जानकारहरूका अनुसार हवाई सञ्चालनका लागि अनुकूल अवस्था नहुनुलाई अपरेशनल रिक्वाअरमन्ट भनेर बुझिन्छ।

त्रिभुवन विमानस्थल उच्च स्रोतका अनुसार निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकप्टर लिएर गएपछि ल्याण्ड गर्न नदिइएको हो । ‘निर्वाचन आयोगबाट अनुमति लिएको नदेखिएपछि फर्काइएको हो,’ स्रोतले भन्यो ।

बालेन्द्र शाह काठमाडौंमा मतदान गरेर आफू उठेको झापा ५ तर्फ गइरहनुभएको थियो। एमाले अध्यक्ष केपी शर्मा पनि उम्मेदवार रहेको झापा ५ चर्चामा छ।

Share Now