काठमाडौं, ३ वैशाख । इरान युद्ध रोक्ने शान्ति प्रयासहरु परिणाममूलक नदेखिएकोले अन्तर्राष्ट्रिय बजारमा खनिज तेलको भाउ बढेकोले नेपाल आयल निगमले पनि पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।
निगमले बुधवार साँझ जारी गरेको विज्ञप्ति अनुसार इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्य वमोजिम निगम सञ्चालक समितिको मिति २०८३ ।०१ ।०२ को निर्णयानुसार १६ अप्रिल, २०२६ (मिति २०८३ । ०१ ।०३।) को बिहान ००.०१ वजेदेखि लागू हुनेगरी साविकको खुद्रा विकी मूल्य डिजेलरमट्टितेलमा प्रति लिटर रु. ३०।०० र हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु ५।०० ल वृद्धि गरीएको छ भने पेट्रोलको मूल्य यथावत कायम राखिएको छ । यसरी मूल्य समायोजन पश्चात समेत डिजेलमा प्रति लिटर रु.९९।१६ से अझै घाटा हुने देखिन्छ।
निगमले पेट्रोलियम पदार्थको खुद्रा विकी मूल्य समायोजन गर्दा पनि निगमलाई पाक्षिक रुपमा रु.५ अर्व ७५ करोड घाटा हुने जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा भएको आकस्मिक मूल्य वृद्धिका कारण उत्पन्न भएको विषम परिस्थिति प्रति नेपाल आयल निगमले सम्पूर्ण उपभोक्ता एवं सरोकारवालाहरूसँग सहयोगको लागि आह्वान गर्दै पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाईदिन समेत अनुरोध गरेको छ ।
निगमले युद्धका कारण पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य वृद्धि भई इण्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्य अनुसार स्वचालित मूल्य प्रणाली बमोजिम मूल्य समायोजन गर्न पनि नसकिएको जनाएको छ ।
पेट्रोलियम पदार्थको लागत मूल्य बढी र विकी मूल्य कम भएको कारणले मुल्य समायोजन गर्दा समेत पेट्रोलमा प्रति लिटर रु. २।३२ पैसा डिजेलमा प्रति लिटर रु. ८७।९९ पैसा मट्टितेलमा रु. ३६।७० पैसा र एलपी ग्यासमा प्रति सिलिण्डर रु. ३३१।२५ पैसा घाटा कायम नै रही पाक्षिक (१५ दिन)मा करिव ७ अर्व ८१ करोड ६१ लाख घाटा भएको पनि जानकारी दिएको छ।


















