Prakash Adhikari March 5, 2026

मुम्बई(महाराष्ट्र,भारत), २१ फागुनः ट्वान्टी २० विश्वकप क्रिकेट प्रतियोगिता अन्तरगत आज भएको सेमिफाइनल खेलमा भारतले इङ्ल्यान्ड समक्ष २ सय ५४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा भइरहेको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ५३ रनको योगफल बनायो ।

भारतका लागि सन्जु स्यामसनले सर्बाधिक ८९ रनको योगदान दिए । उनले ४२ बलमा ८ चौका र ७ छक्का प्रहार गरे । त्यस्तै शिवम दुबेले ४३, ईशान किशनले ३९ र हार्दिक पाण्ड्याले २७ रन बनाए । खेलमा तिलक बर्माले २१,सूर्यकुमार यादवले ११,अभिशेक शर्माले ९,अक्षर पटेलले २ र वरुण चक्रवर्ती शून्य रनमा नटआउट रहे ।

भारतलाई रोक्ने क्रममा इङ्ल्यान्डको लागि विल ज्याक्स र आदिल राशिदले समान दुई÷दुई विकेट लिए भने जोफ्रा आर्चरले एक विकेट लिए ।

Share Now