काठमाडौं,२ चैत । नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा सुन प्रतितोला ३ लाख ९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । आजको बजारमा चाँदी प्रतितोला ५ हजार २६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आईतबारको बजारमा चाँदी प्रतितोला ५ हजार २७० रुपैयाँमा खरिदबिक्री भएको थियो ।


















